काठमाडौ। नेपालभन्दा धेरै पर रसियाको राजधानी मस्कोमा २१ औं संस्करणमा विश्वकप फूटबल खेल धुमधमाकासाथ भैरहेको छ। विहीवार रातिवाट शुरु भएको यस खेलको रोमान्चकता तथा महत्व आफ्नो स्थानमा रहेतापनि विश्वकप फुटवलका समर्थकहरुका कारण विश्वभर सहभागी ३२ राष्ट्रका विभिन्न जर्सीको अर्बौंको व्यापार भैसकेको समाचार स्रोतहरुको दावी रहेको छ।

यसक्रममा विश्वकपको यो ज्वरोले नेपाललाई पनि छोएको छ । मन परेका टोलीको जर्सी किन्ने लगाउने र चर्चा गर्ने कम छैनन्। त्यसमाथि, नेपाली चलचित्रका कलाकार तथा मोडलहरुले विश्वकपमा सहभागी राष्ट्रका जर्सी लगाएर विभिन्न पोजमा फोटोसुट गरेर चर्चामा आउने कार्य पनि उनीहरुले गरेका छन्। त्यसक्रममा ब्राजिलको जर्सीको ग्ल्यामर पोजमा मोडल शिवानी गिरी देखिएकी छन्। अर्की मोडल सुजाता थापा जर्मनीको जर्सीमा ग्ल्यामर्स बनेकी छन्।

मोडल सुषमा अधिकारीले अर्जेन्टिनाको जर्सीमा फोटो सुट गराएकी छन्। यसको अलावा नायिका केकी अधिकारीले तीन बर्षअगाडि नै फोटोसुट गरेको विश्वकपको फोटो यो बर्ष पनि भाइरल बनिरहेको छ। बरिष्ठ ग्ल्यामर फोटोग्राफर कविन्द्रमान शाक्यले यो बर्षको विश्वकपलाई टार्गेट गरेर खिचिएको नायिका खुश्बु खड्काको फोटोले पनि चर्चा पाएकै छन्।

रसियामा विश्वकप भएतापनि नेपाली मोडल तथा नायिकाहरुको पोजका पोज विश्वकपमा फोटो देखिदा उनीहरु नै विश्वकपमा भिडेर नेपालको शान बढाउने कोशिशमा लागेको हो कि भन्ने सवैलाई भान हुने गरेको छ।


प्रकाशन मिति–२०७५ साल असार १ गते शुक्रबार ।