काठमाडौ। नेपाली चलचित्रमा स्वभाविक तथा गंभीर अभिनय गर्न माहिर नायिका स्वेता खड्को मनमा स्वीमिङको उत्साह बढे्को छ। चर्किएको घाम अनि गर्मीको वीचमा स्वीमिङ गर्नुको मज्जा लिने कार्य नायिका खड्कावाट भएको छ।

नेपाली चलचित्रका अमर नायक श्रीकृष्ण श्रेष्ठको देहान्त पश्चात हराएको खुशीमा श्रीमानकै चाहना बमोजिम चलचित्र कान्छी निर्माण गरेपश्चात स्वेता स्वभाविक जीवनमा फर्केकी हुन्। उनको जीवनमा अलिकति भएपनि खुशी फर्केको छ।

स्वभाविक जीवन बाँच्ने प्रयासमा रहेकी उनमा चर्केको गर्मीमा स्वीमिङ गर्ने पुरानै रहर तथा चाहना हो। सोही चाहना तथा रहर बमोजिम यो गर्मी याममा काठमाडौको होटल शाम्बालाको स्वीमिङ पुलमा मज्जाले रमाएर उनले सामाजिक सञ्जाल मार्फत आफ्ना स्वीमिङ्का फोटाहरु सार्वजनिक गरेकी हुन्।

चलचित्र कहां भेटिएलाबाट फिल्मी करियर शुरु गरेकी स्वेताले श्रीमान–श्रीमती, कोहिनूर हुंदै कान्छीसम्म अभिनय गरेर ख्याति कमाएकी छन्। उनी पछिल्लो समय भूकम्प पीडित काभे्र जिल्लाको माझी बस्ती निर्माणमा पनि सक्रिय बनेकी छन्।


प्रकाशन मिति–२०७५ साल असार २ गते शनिवार ।