काठमाडौं। बडा दशैंको शुभ–अवसरमा शुभकामना सहित राष्ट्रिय नवदुर्गा सम्मान हुने भएको छ।

दुई जुझारु नायिका रेजिना उप्रेती र विमला केसीको आयोजनामा राष्ट्रिय नवदुर्गा सम्मान हुन लागेको हो। जसमा प्रथम नेपाली चलचित्र आमाकी नायिका भुवन चन्द देखि हाँस्य सम्राज्ञी बसुन्धरा भुसाल, बरिष्ठ अभिनेत्री गौरी मल्ल, सदावहार सुन्दरी नायिका करिश्मा मानन्धर,नम्रता श्रेष्ठ, दीपाश्री निरौला, रेखा थापा, सञ्चिता लुइंटेल र स्वस्तिमा खड्कासम्मलाई सम्मान गरिने भएको छ।

सम्मान कार्यक्रमका साथमा सांस्कृतिक कार्यक्रम पनि हुने भएको छ। कार्यक्रम यही असोज १३ गते काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघरमा हुने जनाइएको छ।
प्रकाशन मिति–२०७६ साल असोज ९ गते विहीवार ।