काठमाडौं। चपली हाइट चलचित्रवाट अत्यन्त चर्चामा आएकी नायिका विनीता बराल आमा बन्ने भएकी छन्। चार महिना अगाडि मात्र अमेरिकामा रहेका प्रेमी तिलक पौडेलसंग विवाह गरेकी नायिका बरालले आफू गर्भवती भएको खुलासा सामाजिक सञ्जाल फेसबुक मार्फत गरेकी छन्।

तीन वर्ष लामो प्रेम सम्बन्धलाई बैबाहिक जीवनमा परिणत गरेकी नायिका बरालले बिहीबार बिहान फेसबुकमा एक तस्बिर साझेदार गर्दै आफू गर्भवती फोटो पोस्ट गर्दै खुलासा गरेकी हुन्। फोटोमा उनले आफ्नो ‘बेबी बम्प’ देखाएकी छन् । उनले आफ्नो गर्भमा ‘लिटिल विनिता’ रहेको भन्दै भन्दै खुसी व्यक्त गरेकी छन् ।

५ वर्ष अगाडि प्रदर्शनमा आएको सुपरहिट फिल्म ‘चपली हाइट’ मा बोल्ड सिन दिएपछि विनिता एकाएक चर्चामा आएकी थिइन् । त्यसपछि नेपाली फिल्ममा उनको राम्रो डिमान्ड थियो । तर, संख्यात्मक अभिनयमा जोड दिँदा उनले छोटो समयमै आफ्नो स्टारडम गुमाइन् । एकपछि अर्को फिल्म फ्लप हुन थालेपछि उनले केही वर्ष टोखामा तरकारी खेती समेत गरेकी थिइन् । तर, कृषि पेशा पनि उनका लागि फलदायक रहेन।

त्यसपछि अध्ययनका लागि भन्दै केही वर्ष अगाडि अमेरिका पुगेकी थिइन्। अमेरिकाको ओहायो राज्यमा वैकल्पिक ऊर्जामा पिएचडीरत तिलक पौडेलको प्रेममा अमेरिका पुगेको केही महिनामै चुर्लुम्म डुबेकी थिइन्।
प्रकाशन मिति–२०७६ साल असोज ९ गते विहीवार ।