काठमाडौं। नेपालकी ख्यातिप्राप्त गायिका लसता जोशीको विलकुलै नयाँ गीतको भिडियो रिलिज भएको छ। गीतको बोल नै ‘कुराहरु ” रहेको यस गीतको भिडियो संविधान दिवसको अवसर पारेर रिलिज गरिएको जानकारी गायिका जोशीले भिजन संसार डटकमलाई दिएकी छन्।

गायिका जोशीको गायन तथा शरद जोशीको शव्द तथा संगीत रहेको उक्त गीतको भिडियोमा संगीत प्रोडक्सनको प्रस्तुती रहेको छ। भिडियोलाई गायिका जोशीको आफ्नै युट्युब च्यानलबाट सार्बजनिक भएको हो।

भिडियो बुस्ट गरेर भ्युज बढाउनु भन्दा थोरै भएपनि गीत र भिडियो मन पराउने वास्तविक दर्शकको माया ठूलो हुने भएकोले आफ्नै च्यानलबाट भिडियो सार्बजनिक गरेको गायिका जोशीको भनाई छ। यस्तो गर्दा आफ्नो सिर्जना आफैसंग सुरक्षित रहने उनको धारणा छ।


प्रकाशन मिति–२०७६ साल असोज ९ गते विहीवार ।