काठमाडौं । एक पछि अर्को म्युजिक भिडियो निर्देशन गरेर रेकर्ड राख्दै आएका ख्यातिप्राप्त अभिनेता एवम् निर्देशक पवन जोशीको निर्देशनमा नयाँ गीतको भिडियो निर्माण भएको छ। फ्रेमभित्रको तस्बीर बोलको गीतको भिडियो निर्माण संपन्न भएको हो।

ऐतिहासिक नगरी कीर्तिपुरका भर्जिन लोकेशनहरुमा छायाँकन भएको फ्रेमभित्रको तस्बीर बोलको गीतको भिडियोको छायाँकन भएको जानकारी निर्देशक जोशीले भिजन संसार डटकमलाई दिएका छन्।

निर्देशक जोशीका अनुसार, फ्रेमभित्रको तस्बीरमा नेपालभाषाको लोकप्रिय चलचित्र बसन्त ऋतुकी नायिका अनु महर्जनको लिडिङ रोल रहेको छ। साथमा ख्यातिप्राप्त हांस्य अभिनेता सविन शाक्य, अभिनेत्री रविना शाक्यका साथमा गायिका सरस्वती मानन्धर, जनगायक विरप्रसाद भंसारी, उज्ज्जला शाक्य, पूर्ण महर्जन, अष्ट महर्जन र मिलन श्रेष्ठको अभिनय रहेको छ।

उमिशा पाण्डेको श्रृंगार र राजेश शाक्यको सम्पादन तथा छायाँकन रहेको छ। गीतमा रवि कुमार महर्जनको गायन, अनिल तुलाधरको संगीत र निर्देशक जोशीकै शव्द रचना रहेको छ। यो गीतको भिडियो नेपालभाषामा निर्माण भएकोमा प्रोत्साहन स्वरुप नगद दुई हजार पाँच सय गीतको भिडियो निर्माण पक्षलाई भाषा अभियन्ताव्दय नेपालभाषाका सुपरस्टार नायक रुपेन्द्र श्रेष्ठ र इन्दु ज्यापुनीले प्रदान गरेका थिए।

नेपालभाषामा निर्माण भएका म्युजिक भिडियोहरुलाई अव क्रमिक रुपमा यसरी नै प्रोत्साहन सहयोग दिने कार्य जारी राख्दै जाने श्रेष्ठ र ज्यापुनीले भिजन संसार डटकमलाई बताए।

प्रकाशन मिति–२०७८ साल भाद्र २७ गते आइतवार ।