ललितपुर । नेपालभाषाका चर्चित सञ्चारकर्मी तथा अभिनेता राजेन्द्र डंगोलको निर्देशनमा नयाँ गीतको भिडियो रिलिज भएको छ। सज्जु मानन्धरको गायन रहेको ख्वाःछगु गुली बाःला अर्थात अनुहार तिम्रो कति राम्रो बोलको गीतको भिडियो ललितपुर महानगरपालिका वडा नंबर २० मा पुलचोक नःटोलमा आयोजित कार्यक्रममा रिलिज भएको हो।

काठमाडौं महानगरपालिका वडा नंबर १३ का पूर्व वडा सदस्य दिलवहादुर मानन्धरले स्वीचअन गरेर रिलिज भएको भिडियोमा बिन्दे महर्जन र बर्षा महर्जनको गुलाबी अभिनय रहेको छ। सम्पादन सुनिल ताम्राकारले गरेका हुन्। गीतका गीतकार राजु मानन्धर (अष्ट्रेलिया) र संगीत ख्यातिप्राप्त संगीतकार जुगल डंगोलको रहेको छ।

कार्यक्रममा गीतको भिडियोको समालोचना नेपालभाषाका चर्चित पत्रकार दर्शनबीर शाक्यले गरेका थिए। शुभेच्छा मन्तव्य प्रथम नेपालभाषा चलचित्र पत्रकार एवम् प्रथम नेपालभाषा म्युजिक भिडियो निर्देशक विजयरत्न तुलाधरले व्यक्त गरेका थिए।

निर्देशक राजेन्द्र डंगोलले भिडियो निर्माण तथा निर्देशनको बेलाको अनुभव र अनुभुति सुनाएका थिए। अष्ट्रेलियावाट गीतकार राजु मानन्धरले जुम मार्फत सवैप्रति धन्यवाद तथा आभार व्यक्त गरेका थिए।

प्रकाशन मिति–२०७८ साल भाद्र २९ गते मंगलवार ।