काठमाडौं। हरेक पल सिर्जनात्मक कार्य गर्नमा हरदम लागिरहने स्रष्टा स्वतन्त्र संसार महर्जनको विलकुलै नयाँ काम संसार अनलाईन सिङगिङ स्टार अवार्डको ग्राण्ड फाइनल संपन्न भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा अनलाईन सिङगिङ स्टार अवार्डको ग्राण्ड फाइनल संपन्न भएको हो।

ग्राण्ड फाइनलमा अनलाईन सिङगिङ स्टार अवार्ड सानी नानी प्राप्ति तामाङ र ठूला बाबु अश्विन प्रधानले हात पार्न सफलता प्राप्त गरेका छन्। सानो उमेर ठूलो काम भनेजस्तै अत्यन्त प्रतिभाशाली आठ बर्षिया नानी प्राप्ति तामाङको प्रस्तुतिलाई निर्णायकहरुले सर्वोत्कृष्ट ठहर गरेका थिए। त्यस्तै, अस्विन प्रधानको गायकीलाई पनि अब्बल घोषणा गरिएको थियो। त्यस्तै काठमाडौंकी रितु श्रेष्ठ द्धितीय र भक्तपुरकी झरना खनाल तृतीय भएकी छिन् । प्रथम, द्धितीय र तृतीयले क्रमशः १० हजार, ७ हजार र ५ हजार रुपिँयासहित अवार्ड पाएका छन् ।

खुल्लातर्फ इलामका अश्विन प्रधान प्रथम, ललितपुर अमोघा बीर वज्राचार्य दोस्रो र आश्रय रञ्जित तेस्रो भएका थिए । खुल्लातर्फ पहिलो, दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार , १५ हजार रुपिँया र १० हजार रुपिँयासहित अवार्ड जितेका छन् ।

गत वर्षबाट अनलाइन विधिबाट सहभागी भएका ७ सय ४० जना प्रतियोगीमध्ये १७ जना छनौट भएका थिए । प्रतियोगितामा सहभागी अन्यलाई पनि विविध प्रस्तुतिको लागि ट्रफी प्रदान गरिएको थियो । बाहिरी देशमा बस्ने १९ देशका नेपालीले पनि प्रतिस्पर्धामा भाग लिएका थिए ।

प्रकाशन मिति–२०७८ साल भाद्र २६ गते शनिवार ।