काठमाडौं। हिन्दू नारीहरुको महान पर्व तीजको अवसरमा आयोजित नेशनल बक्स अफिस तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको छ। बुधवार भव्य रुपमा तीज म्युजिक अवार्ड २०७८ संपन्न भएको हो।

अवार्ड कार्यक्रममा यो बर्षको तीज गीत यो तीजमा फिलिली नाचम्ला चर्चाको शिखरमा रह्यो। यही गीतले सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेको छ। बुनियाद गीतका मायाबी गीतकार डीपी दाहाल परिश्रमीले यो गीतवाट सर्वोत्कृष्ट गीतकारको अवार्ड जितेको हो।

यही गीतवाट सर्वोत्कृष्ट पाँच मनोनयनमा निर्देशक स्मृति तिमिल्सिना र मोडल अञ्जली अधिकारी पनि परेका थिए।

प्रकाशन मिति–२०७८ साल भाद्र २३ गते विहीवार ।