काठमाडौ । पिरती पनि लुडो खेल भएको छ। यही पिरतीको लुडो खेल वोलको गीत सार्वजनिक भएको छ। अभिनेत्री सुजता सिटौलाव्दारा निर्मित ‘पिरतीको लुडो…’ बोलको भिडियो ओएसआर डिजिटल प्रालि मार्फत सार्वजनिक भएको हो।

गीतको भिडियोमा नायिका तेजुला खतिवडा, यसराज गरच आदिले अभिनय गरेका छन्। नायिका तेजुला खतिवडा फिचर्स फिल्मकी नायिका हुन् भने उनी अभिनित दर्जन बडी भिडियो यस अघि सार्वजनिक भैसकेको छ।

लोकप्रिय गायिका शिला बिष्ट ‘अलि’ र गायक बिपिन घिमिरेको मिठो स्वर रहेको नयाँ आधुनिक गीत ‘पिरतीको लुडो…’ बोलको म्युजिक भिडियोमा लक्ष्मी पौडेलको शब्द छ भने एरेन्ज राजन इसान, कोरियोग्राफर नरेशबिर सिंह, सम्पादन टेकेन्द्र शाह, छायांकन, निर्देशन लुजा सिंहको रहेको छ।


प्रकाशन मिति–२०७८ साल बैशाख ८ गते बुधवार ।