ललितपुर । नेपालका ख्यातिप्राप्त अभिनेता मदनकृष्ण श्रेष्ठको परिवार नै कोरोना संक्रमणको मारमा परेको छ। मदनकृष्ण श्रेष्ठ सहित छोरा यमन, बुहारी रिंकु, छोरी सराना तथा नातिनी गृष्मालाई एकसाथ कोरोना संक्रमणको मारमा परेको हो।

मदनकृष्ण परिवार कोरोना संक्रमणको मारमा परेको खवर थाहा पाउनासाथ बहुउपयोगी आयुर्वेदिक औषधि नै मानिएको गुर्जोको सामाजिक अभियन्ता कमलवहादुर राजलवट आत्मबल बृद्धि गर्न र गराउन मदनकृष्णको परिवारमा पुगेका छन्।

मंगलवार विहानै मदनकृष्णको ललितपुरको सुनाकोठी थेचो स्थित निवासमा पुगेर गुर्जो चिया र गुर्जो सहितको धुलो औषधि वितरण गर्ने कार्य राजलवटबाट भएको छ। कोरोनाको संक्रमणको वर्तमान अवस्थामा गुर्जो सेवनको तौर–तरीका देखि शारीरिक अभ्यास पनि सिकाउने कार्य राजलवटबाट भएको मदनकृष्ण परिवारले भनेको छ।

मदनकृष्णको पूरै परिवार कोरोनाको संक्रमणमा गुज्रेको अवस्थामा विना मास्क पुगेर गुर्जोको सामाजिक अभियन्ता राजलवटले कोरोनासंग मैत्रीपूर्ण व्यवहार गर्नुपर्दछ भन्ने ठूलो आत्मविश्वास तथा आत्मप्रेरणा दिने कार्य समेत भएको छ। यो अवस्थामा डर होइन, साहस तथा आत्मबल बृद्धि गर्न र गराउन हामीले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्दछ भन्ने सन्देश दिन मास्क नलाइकन पुगेको समेत राजलवटले भिजन संसार डटकमलाई वताएका छन्।

गुर्जो सेवनले रोग प्रतिरोधात्मक शक्ति विकास गर्ने कार्य गर्दछ। जसवाट कोरोना संक्रमणवाट मुक्ति दिलाउन धेरै मदत गर्ने गरेको गुर्जो अभियन्ता राजलवटको जिकिर तथा दावी रहेको छ।

प्रकाशन मिति–२०७८ साल बैशाख ७ गते मंगलवार ।