काठमाडौं। नेपाली थियटर अर्थात रंगमञ्चको इतिहासमा नाट्कर्मी पुष्कर गुरुङको पहिचान बेग्लै रहेको छ। विगत २१ बर्षदेखि नेपाली थियटरमा क्रियाशील नाट्यकर्मी पुष्करले करिब २१ वर्षअघि मिलारेपा नाटकमा अभिनय गरेका थिए।

भगवान गौतम बुद्ध सम्बन्धित नाटक खेल्ने क्रममा बुद्ध नाटकप्रति पुष्करको अभिरुची  बढे्पछि नेपाल सेन्टर अफ इन्टरनेशनल थिएटर इन्स्टिच्युट स्थापना भएको हो। आफैले थियटर स्थापना गरेपछि नाटक बनाउन हौसिएका पुष्करले जर्मन लेखक फ्याडरिक सिलरको कृतिमाथि प्रत्येक दुई वर्षमा थिएटर फेस्टिभल हुने समाचार पढे।

एउटा लेखकको नाममै थिएटर फेस्टिभल हुन्छ भने बुद्धसँगमात्रै सम्बन्धित नाटक बनाउन किन नसक्ने भन्ने सोचवाट हौसिएका पुष्करको सपना करिब दुई दशकपछि पूरा भएको छ। बुद्धसँग सम्बन्धित नाटक बनाउने हुटहुटीकै कारण यसपटक पुष्करले राष्ट्रिय नाचघरमा बुद्ध थिएटर फेस्टिभलु आयोजना गरे।

चैत्र ८ गतेदेखि सुरु भएको फेस्टिभलमा नाचघरको नाट्यशालामा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरि ७ वटा नाटक प्रदर्शन भए। ती नाटकको माध्यमवाट बुद्धकै कामहरु र कथाहरु देखाउने कार्य पुष्करवाट भएको छ। बुद्धबाट संसारभरका मानिसहरु प्रभावित रहेको भन्दै पुष्करले बुद्धलाई नेपाली जनताले राम्रोसँग बुझेर आफ्नो हो भनेर चिन्न सकोस् भनेर यो फेस्टिभल संचालन गरेको बताउँछन्।
प्रकाशन मिति–२०७७ साल चैत्र १५ गते आइतवार ।