काठमाडौ। नेपाल सरकारका पूर्व सह–सचिव गीतकार आनन्दरत्न बज्राचार्यको विलकुलै फरक तथा नयाँ एल्बमको विमोचन भएको छ। नेपालभाषामा तयार भएको जि नेवाः झी नेवाः नामक एल्बमको विमोचन भएको हो।

नेपाली सांगीतिक क्षेत्रका अग्रज व्यक्तित्व गोल्डेन भ्वाइसका माहिर गायक प्रेमध्वज प्रधानले गीतकार बज्राचार्यको जि नेवाः झी नेवाःएल्बमको विमोचन गरेका हुन्। काठमाडौको क्षेत्रपाटीस्थित क्षेत्रपार्टी प्यालेसमा आयोजित विमोचन कार्यक्रममा नेपालभाषाका एक से एक स्रष्टाहरुको अभूतपूर्व सहभागिता रहेको थियो। साथमा काठमाडौका सांसद रामबीर मानन्धरको समेत आतिथ्यता रहेको थियो।

विमोचित एल्बममा आनन्दरत्न बज्राचार्यको एकल गीत–रचना तथा राजु सिंह, मनराजा नकर्मी, हरिशरण सायमी, बिजेन श्रेष्ठको संगीत र जुजुकाजी रञ्जित, सतिश महर्जन, निशा देसार, दीपा महर्जन, रत्नशोभा महर्जन लगायतका गायक–गायिकाहरुको गायन रहेको छ।

प्रकाशन मिति–२०७५ साल भदौ ९ गते शनिवार ।