काठमाडौ। नेपालमा अन्य ब्याण्डभन्दा फरक आध्यात्मिक सांगीतिक ब्याण्ड सत्याकृतले नयाँ गीतलाई सार्बजनिक गरेको छ। दर्शक बर्गमा बेग्लै प्रस्तुति दिदै आएको सत्याकृत ब्यान्डले नयाँ गीत जिन्दगीको भिडियोलार्इ शुक्रबार सार्वजनिक गरेको हो।

रिलिज भएको गीत जिन्दगीको भिडियोलार्इ दुबईको मरुभुमी र समुन्द्री किनारमा खिचिएको छ। ब्याण्ड मेम्बर बिजय गौतमको शब्द र प्रजीत लामाको स्वर रहेको गीतमा प्रकाश न्यौपानेको क्यामेरा र निशान घिमिरेको सम्पादन रहेको छ। पूर्विय, पश्चिमी, रक पप, शास्त्रिय, लोक, फ्यूजन शैलीका गीतहरुलाई प्रस्तुत गर्दै आएको ब्याण्डले अहिले भने सुफी शैलीको गीत ल्याएको हो।

सत्याकृतले गीत सङीतको माध्यमबाट मानवता,एकता,आध्यात्मिकताको सकारात्मक उर्जा बृद्धिकरणको निम्ति प्रेरणा स्वरूप,गीति सन्देश,गीती आनन्द छर्ने प्रयास गर्दै आईरहेको छ। युवाहरुमा नैतिक जागरण तथा संस्कृति जगेर्ना गर्ने सकारात्मक पहल नारा लिएर उदाएको नेपालको पहिलो र एकमात्र आध्यात्मिक सांगीतिक ब्यान्ड सत्याकृतले गीत सङीत क्षेत्रमा अलग्गै पहिचान बनाउने कार्य गरेको पाइएको छ।


प्रकाशन मिति–२०७५ साल भदौ १० गते आइतवार।