ललितपुर । वरिष्ठ प्रगतिशील संगीत स्रष्टा अमरराज शर्मा राजोपाध्यायको वृहत सम्मान गरिने भएको छ । समग्र नेपाली संगीत क्षेत्रको साथमा प्रगतिशील संगीतको माध्यमबाट देशको राजनीतिक परिवर्तनमा पुर्याएको योगदानको कदर स्वरुप गायक तथा संगीतकार राजोपाध्यायलाई नागरीक स्तरबाट अभिनन्दन गर्न लागिएको हो।

आगामी असोज १९ गतेका दिन प्रगतिशील संगीत स्रष्टा राजोपाध्यायको सम्मान भएको छ। प्रगतिशील संगीत स्रष्टा अमरराज सम्मान समारोह समितिले ललितपुरमा राजोपाध्यायको बृहत सम्मान गरिन लागेको हो।

‘यो सम्मान प्रत्येक प्रगतिशील संगीत साधक तथा स्रष्टाहरुको सम्मान हो । र यो सम्मानको स्वामित्व प्रत्येक नागरीकले लिन सकोस् भनेर नै कुनै संस्थाबाट भन्दा नागरीक स्तरबाट कार्यक्रमको आयोजना गर्न लागिएको हो’ समारोह समितिका संयोजक बिराजकाजी राजोपाध्यायले भिजन संसारलाई बताएका छन्। 

प्रकाशन मिति–२०७५ साल जेठ २४ गते विहीवार ।