काठमाडौ। नेपालका ख्यातिप्राप्त गायक नागेन्द्र श्रेष्ठ यतिखेर हंगकंगमा रहेका छन्। विगत दुई दशकदेखि हंगकंगलाई कार्यक्षेत्र बनाएर नेपाली संगीतको श्रीबृद्धिमा अत्यन्त व्यस्त बनिरहेका गायक नागेन्द्र श्रेष्ठलाई हिजोआज त्यहाँ इन्टरनेशनल हारमोनियम उस्ताद भनिन थालेको छ।

नागेन्द्रको हारमोनियममा त्यहाँ रहेका नेपाली तथा विदेशीहरु पनि मन्त्रमुग्ध बन्ने गरेका छन्। देश–विदेशवाट आउने प्राय सांगीतिक टोलीको आँखा नै नागेन्द्रको हारमोनियममा पर्ने गरेको छ। नागेन्द्रको हारमोनियम बादनमा सवै लठ्ठै पर्ने गरेका छन्।

अझ बलिउडवाट आउने ख्यातिप्राप्त कलाकारहरु देखि पाकिस्तानका निक्कै चर्चित गजलका उस्तादहरु पनि आफ्नो कन्सर्टमा नागेन्द्रको हारमोनियम बादन भएन भने, त्यो कन्सर्ट नै अधुरो हुने गरेको त्यहाँ प्रतिक्रिया दिन थालेका छन्। विश्वलाई गीत गायनवाट मुग्ध बनाएका नागेन्द्रले नेपाली, हिन्दी, उर्दु सवैखाले गीत गाएर सवैखाले स्रोताहरुलाई मक्खै पार्ने गरेका छन्।

यसको अलावा नागेन्द्रको पहिलो प्राथमिकता नेपाली गीत गायन तथा संगीत नै हो। आफूले गाउन छाडेर भएतापनि नेपाली नयाँ तथा पुराना गायक–गायिकालाई गाउन लगाउने कार्यमा पनि अग्रपंक्तीमा नागेन्द्र नै रहेका छन्।

Nagendra with his beloved spouce M/s Rachana Pradhan.

नागेन्द्रले पछिल्लो समय कालजयी गीतका अग्रज गायक दीप श्रेष्ठ देखि यम बराल, सत्यराज आचार्य, स्वरुपराज आचार्य, अन्जु पन्त, मनोज सेवा,बलराम राजवंशी, बबिता मानन्धर, प्रविशा अधिकारी, रिता पाण्डे, इन्जिन राईसम्मको गायनमा संगीत दिने कार्य गरिसकेका छन्।

२ सय ५० भन्दा बढी गीतमा संगीत दिइसकेका नागेन्द्रले हालसम्म ७० वटा मात्र गीत गाएका छन्। जति गीत गाए–ती सवै सुपरहिट बनेका छन्। सवैखाले गीत गाउन तथा संगीत दिन माहिर नागेन्द्रले गुन्युचोली, माइति, भरिया, पाकेटमार, दोसाँध लगायतका चलचित्रमा पनि गीत गाइसकेका छन्।

Nagendra Shrestha with Pankaz Udash

यसको अलावा विभिन्न सामाजिक गतिविधिमा पनि त्यतिकै सक्रिय नागेन्द्रले नेपालका भूकम्पपीडित देखि असहाय–अनाथ तथा दुःखीहरुको लागि सक्दो सहयोग गर्ने कार्य गर्दैआएका छन्। यसले पनि हंगकंगमा नागेन्द्रलाई नेपालका समाजसेवी गायक भन्ने पनि गरिएको छ। नागेन्द्र यसैमा अत्यन्त खुशी तथा सुखी छन्।

प्रकाशन मिति–२०७५ साल जेठ २५ गते शुक्रबार ।