काठमाडौ। नेपालका गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीको डान्स एकल सांझ हुने भएको छ। यही आउने असार ३ गते काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा हुने पक्का गरिएको गोल्ड मेडलिष्ट डान्सर स्वजन रघुबंशीले भिजन संसारलाई बताएका हुन्।

नृत्य निर्देशक संघ ललितपुर शाखाको आयोजनामा स्वजन रघुवंशी एकल सांझ हुने बताइएको छ। जसमा गोल्ड मेडलिष्ट डान्सर रघुबंशीले समसामयिक नृत्यको अलावा कठिन भन्दा कठिन कत्थक नृत्य पनि गरेर बेजोड कार्यक्रम गर्ने भएको छ।

त्यसमा हरेक बर्ष कात्तिक महिनामा ललितपुरको कृष्णमन्दिर परिसरमा आयोजना हुने कात्तिक नाचलाई पनि रघुवंशीले एकल सांझमा प्रस्तुत गर्ने भएका छन्।

प्रकाशन मिति–२०७५ साल जेठ २५ गते शुक्रबार ।