• काठमाडौ। अमेरिकाको न्यूयोर्कमा छायाँकन भएको बहुप्रतिक्षित चलचित्र अमेरिकन बाबु मेड इन नेपालको सेन्सर पास भएको छ। सूचना तथा सञ्चार मन्त्रालयमा केन्द्रिय चलचित्र जाँच समितिले शुक्रबार चलचित्र अमेरिकन बाबु मेड इन नेपालको सेन्सर पास गरेको हो।

  • नेपालवाट अमेरिका गएका नेपालीहरुको बास्तविक कथामा आधारित कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपाललाई केन्द्रिय चलचित्र जाँच समितिले पीजी सर्टिफिकेट प्रदान गरेको छ। सरल कथामा सहज ढंगमा प्रस्तुत भएको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्माण राजेश गुरुङ, संझना उप्रेती र मञ्जु रानामगरले गरेका हुन्।

  • लेखन सुरेन्द्र नकर्मी तथा निर्देशन र सम्पादन  ईश्वर आर थापाको रहेको छ। निर्माण संस्था ड्रिम्स गेट नेपाल फिल्मस् प्रा.लि. हो। यस चलचित्रमा निर्माता राजेश गुरुङको लिडिङ रोल रहेको छ। साथमा नन्दिता केसी, इशान ढकाल, प्रवेश उप्रेती पौल, अञ्जली लामा, संझना उप्रेती, स्मृति पोखरेल, क्रिश थापा, जंगु शेर्पा लगायतका कलाकारहरुको अभिनय रहेको छ।

    Ishwar Thapa- Film Director of American Babu Made in Nepal
  • चलचित्र निर्माता राजेश गुरुङका अनुसार चलचित्र अमेरिकन बाबु मेड इन नेपालको प्रदर्शन अष्ट्रेलियावाट हुने भएको छ। त्यसपछि अमेरिका हुंदै नेपालमा दशैंताका प्रदर्शन गरिने भएको छ।

  • प्रकाशन मिति–२०७५ साल जेठ २६ गते शनिवार ।