काठमाडौ। नेपाली चलचित्र उद्योगकी नंबरी नायिका बन्दैआएकी रेखा थापा चलचित्र निर्देशनमा व्यस्त हुन थालेकी छन्। रेखा थापाले निर्देशन गरेको दोश्रो चलचित्र मालिकाको छायाँकन संपन्न भएको छ।

सुदुरपश्चिम नेपालको जाजरकोटमा यस चलचित्रको छायाँकन संपन्न भएको हो। जाजरकोट लगायत काठमाडौ, बनेपा, बाँके लगायतका स्थानमा यस चलचित्रको छायाँकन भएको हो। जसमा निर्देशक रेखा थापाको समेत अभिनय रहेको चलचित्र मालिकामा जाजरकोटकी नन–एक्टर कमला ओलीलाई लिडिङ रोलमा प्रस्तुत गरेकी छन्।

निर्माता सरस्वती थापा र तारा थापा रहेका छन्। चलचित्र मालिका बाल विवाह अन्त्य र महिला सशक्तिकरणको विषयमा आधारित रहेको छ।


प्रकाशन मिति–२०७५ साल जेठ २६ गते शनिवार ।