काठमाडौ। नेपालका ख्यातिप्राप्त कलाकार मनिष कुमार श्रेष्ठ बेलायत पुगेको पनि डेढ दशक नाँघिसकेको छ। यस अवधिमा बेलायतमा नेपाली कलाकारिता मात्र नभइकन नेपाली चलचित्रको बजार विस्तार गर्न पनि कडा मेहनत गर्ने कार्य मनिषले गरिरहेका छन्।

Mr.Manish Kumar Shrestha-A reknown film Artist of Nepali film Industry.

विशेषत कला र कलाकारिताको काम लिएर आउने देखि चलचित्र प्रदर्शन गर्ने उदेश्यले नेपाल देखि बेलायत आउने प्राय कलाकारहरुको सारथी बन्ने कार्य मनिषवाट हुंदैआएको छ। यसैक्रममा बेलायतमा नेपाली चलचित्रको बजार विस्तार गर्नका लागि सानै भएपनि प्रयास मनिषले गर्न थालेका छन्।

बेलायतका महंगा तथा ठूला–ठूला थियटरहरुमा नेपाली चलचित्र प्रदर्शन गर्न नसक्ने नेपाली चलचित्रका निर्माताहरुका लागि सानै भएपनि क्लब थियटर उपलव्ध गराउने कार्य मनिषवाट भएको छ। मनिषको बेलायतको राजधानी लण्डन स्थित प्लमस्टेडमा रहेको गोर्खा क्लवमा रेष्टुरेन्टको मज्जासंगै नेपाली चलचित्र प्रदर्शन गर्ने र गराउने कार्य प्रारम्भ भएको छ।

सुपरस्टार नायक भुवन केसी पुत्र अनमोल केसी अभिनित चलचित्र कृ प्रदर्शनवाट शुभारम्भ भएको गोर्खा क्लवको गौरबमय कार्य ख्यातिप्राप्त हाँस्य कलाकार मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, दीपाश्री निरौला, दीपकराज गिरी लगायतको अभिनय रहेको चलचित्र शत्रुगते पनि सफलतापूर्वक प्रदर्शन भएको छ। त्यसैगरेर आज आइतवार दीपिका प्रसाई, रमेश उप्रेती, प्रशान्त ताम्राकार अभिनित बलिउडको फिल्मलाई पनि टक्कर दिन सक्ने चलचित्र ऐश्वर्य प्रदर्शन भएको छ।

बेलायतमा नेपाली चलचित्र हेर्ने दर्शकको समूहलाई बृद्धि गर्न र गराउन आफूले सानै लेबलवाटै भएपनि गोर्खा क्लबवाट शुभारम्भ गरेको मनिषले भिजन संसारलाई बताएका छन्। बेलायतमा गोर्खा क्लव जस्तो ३ सयजति रेष्टुरेन्ट छन्।

ती रेष्टुरेन्टहरु मध्ये १ सय रेष्टुरेन्टले मात्र सानो थियटर बनाएर नेपाली चलचित्र प्रदर्शन गर्ने कार्य प्रारम्भ गरेमा निश्चित रुपमा नेपाली चलचित्रले बेलायतमा राम्रै बजार पाउने जिकिर मनिषको रहेको छ। आफूले यो कार्यको शुभारम्भ गर्नुको पछाडि अरु कुनै उदेश्य नभइकन धराशयी हुन लागेको नेपाली चलचित्रको बजारलाई सुरक्षित बनाउन कोशिश मात्र गरेको उनले भनेका छन्।


प्रकाशन मिति–२०७५ साल जेठ २७ गते आइतवार ।