ललितपुर। राष्ट्रिय संगीतकर्मी संघले संस्कृति मन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। संघका नव–निर्वाचित अध्यक्ष राजेन्द्रकुमार कार्कीको नेतृत्वमा संघका पदाधिकारीहरुले नेपालका नागरिक उड्डयन, पर्यटन तथा संस्कृति मन्त्री रविन्द्र अधिकारीलाई शनिवार मन्त्री निवास सानेपा पुगेर ११ बुँदे मागसहितको ज्ञापन–पत्र बुझाएको हो।

ज्ञापन–पत्र बुझाउने क्रममा संघका अध्यक्ष कार्कीले मन्त्री अधिकारीसमक्ष तुरुन्तै संगीत विकास वोड गठन हुनुपर्ने माग गर्दै कलाकारलाई राष्ट्रको गहना भनेर काम पर्दा लगाउने र सकेपछि फुकालेर बेवास्ता नगर्न अनुरोध समेत गरेका छन्। अध्यक्ष कार्कीले कलाकार देशको अभिन्न अंगको रुपमा लिन पनि जोड दिएका छन्।

संस्कृति मन्त्रीलाई मन्त्री निवासमा ज्ञापन–पत्र दिने कार्यक्रममा नेपालका ख्यातिप्राप्त सांगीतिक हस्तीका साथमा चर्चित फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीका प्रोप्राइटर च्याङ्बा लामा समेतको उपस्थिति रहेको थियो।

साथमा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रि अध्यक्ष राजेन्द्र कुमार कार्की, उपाध्यक्ष नमराज ढुंगाना, उपाध्यक्ष श्याम धिताल, महासचिव विक्रमजंग शाह, उपमहासचिव गोविन्द दुलाल, केन्द्रिय प्रवक्ता होमराज सुवेदी, सचिव जीवन परियार, सह–कोषाध्यक्ष,सूर्य कुमार श्रेष्ठ,,चर्चित लोक दोहरी गायिका गीतादेवी, केन्द्रिय सदस्य सिर्जु अधिकारी र ३ नंबर प्रदेशका संयोजक दीपक रिमालको उपस्थिति थियो।प्रकाशन मिति–२०७५ साल जेठ २७ गते आइतवार ।