काठमाडौ। बलिउड तथा हलिउडमा समेत चर्चाको शिखरमा रहेकी अभिनेत्री प्रियंका चोपडा विश्वकै सर्वाधिक फ्यान फ्लोअर्स भएकी महिला हुन सफल भएकी छन्। एक अध्ययनले प्रियंका हट महिलाको अलावा सर्वाधिक फ्यान फ्लोअर्स लिष्टमा परेकी हुन्।

सामाजिक सञ्जालमा सधैँ क्रियाशील रहने प्रियंका इन्स्टाग्राममा सबैभन्दा बढी फलोअर्स भएकी भारतीय महिला बन्न सफल भएकी छन्।। बलिउडका साथै हलिउडमा पनि प्रियंका जमेकी अभिनेत्री हुन् । ‘क्वान्टिको’ सिरियलबाट हलिउडमा पाइला राखेकी प्रियंका हलिउडमा समेत उत्तिकै चर्चित रहेकी छन्।

बढेको लोकप्रियताका कारण प्रियंकाले बलिउडकी चर्चित अभिनेत्री दीपिका पादुकोणलाई पनि पछाडि पारेकी छन्। प्रियंकाको इन्स्टाग्राममा २५ मिलियन फलोअर्स छन्। प्रियंकाको यस रेकर्डका कारण दीपिका पादुकोण पछि परेकी हुन्।

दीपिका पादुकोणको इन्स्टाग्राममा २४.९ मिलियन फलोअर्स छन्। दीपिकाका साथै अन्य ठूला स्टार पनि प्रियंकाभन्दा पछि परेका छन्। क्रिकेटर विराट कोहलीको २२.७ मिलियन, आलिया भट्टको २२.७ मिलियन र श्रद्धा कपुरको २१.७ मिलियन फलोअर्स छन्। यसका साथै प्रियंकाको फेसबुकमा पनि ३७ मिलियन फलोअर्स छन्।

प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।