Babu Bogati also in American Babu Made in Nepal

काठमाडौ। नेपालका चर्चित गायक बाबु बोगटी गायन तथा अभिनय रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको टाइटल गीत रिलिज भएको छ। अमेरिकामा निर्माण भएको नयाँ नेपाली कथानक चलचित्र अमेरिकन बाबु मेड इन नेपालको ट्रेलर सार्वजनिक भएको लगतै टाइटल गीतको पनि रिलिज भएको हो। टाइटल गीतमा गायक बाबु बोगटीलाई गायनमा गायिका मिलन अमात्यले साथ दिएकी हुन्।

ड्रिम्स गेट नेपालको युट्युब च्यानल मार्फत चलचित्र अमेरिकन बाबु मेड इन नेपालको टाइटल गीत रिलिज गरिएको हो। टाइटल गीतमा गायक बाबु बोगटी र गायिका स्मृति पोखरेलको  बेजोड अभिनय रहेको छ।

गायक वोगटी आर्मीको भूमिका तथा गायिका पोखरेल प्रहरी अफिसरको रोलमा रहेका छन्। दुवैले आफ्नो स्टाइलमा टाइटल गीतमा अभिनय गरेका छन्। साथमा क्रिश थापा, राजेश गुरुङ, प्रवेश उप्रेती लगायतका कलाकारहरुको टाइटल गीतमा अभिनय रहेको छ।

ड्रिम्स गेट नेपाल फिल्मस् प्रालिका लागि राजेश गुरुङ, मञ्जु रानामगर, संझना उप्रेतीको निर्माण रहेको चलचित्र अमेरिकन बाबु मेड इन नेपालको निर्देशक तथा सम्पादक ईश्वर थापा हुन्। अमेरिकाको न्यूयोर्कमा ९ सेप्टेम्बर र ब्रानफर्ट सिटीमा १६ सेप्टेम्बरमा यस चलचित्रको रिलिज हुने निश्चित भैसकेको छ।

त्यहाँको सफल प्रदर्शन पश्चात नेपाल रिलिजको डेट तोकिने जानकारी निर्देशक थापाले भिजन संसारलाई दिएका छन्।

प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।