काठमाडौ। नेपाली कल्चरल डान्सको माध्यमवाट नेपाललाई विश्वमा चिनाउने अभियानमा लागेका प्रसिद्ध डान्सर शंभु शाही यतिखेर पोल्यण्ड पुगेका छन्। पोल्याण्डमा नेपाली टिपिकल कल्चरल डान्सको प्रमोसन गर्ने कार्यक्रम अन्तर्गत डान्सर शाही त्यहाँ पुगेका हुन्।

पोल्याण्डको लेटमिकामा आयोजित इन्टरनेशनल डान्स फेस्टिबलमा डान्सर शाही र शाहीको छोरी श्रेया शाहीले नेपाली कल्चरल डान्स प्रस्तुत गरेर तहल्का मच्चाएका छन्। नेपाली सेब्रु, तामाङ, झ्याउरे, कौडा लगायतका टिपिकल डान्स गर्ने कार्य डान्सर शाही बाउ र छोरी लगायत १८ जना नेपाली डान्सर टोलीले गर्ने कार्य भैरहेको छ।

१३ दिनको विभिन्न कार्यक्रममा त्यसप्रकारको नेपाली टिपिकल डान्स पस्कने कार्य भैरहेको जानकारी डान्सर शाहीले भिजन संसारलाई बताएका छन्। पोल्याण्डवासीहरुले नेपाली टिपिकल कल्चरल डान्सलाई अत्यन्त रुचाएको शाहीको भनाई रहेको छ।

शाहीको पोल्याण्डको दोश्रो भिजिट प्रोग्राम हो। यसअघि शाहीले सन् २००६ मा पोल्याण्डमा नै कल्चरल डान्स प्रस्तुत गरेर वाहवाही पाएका थिए। नेपाली टिपिकल कल्चरल डान्सको माध्यमवाट विश्वलाई नेपाल चिनाउने कार्य भने, शाहीले सन् २००१ वाट बेल्जियमवाट प्रारम्भ गरेका हुन्। हालसम्म धेरै मुलुकमा शाहीले यसप्रकारको बेजोड प्रस्तुति दिइसकेका छन्।
प्रकाशन मिति–२०७५ साल असार २४ गते आइतवार ।