Mallika Sherawatकाठमाडौ। बलिउडकी हट अभिनेत्री मल्लिका शेरावत हाल फ्रान्समा विदा मनाउने क्रममा रहेकी छन्। फ्रान्सको पेरिसमा रहेका एक युवासंगको गरमा–गर्मी प्रेम तथा रोमान्समा रहेकी बताएकी मल्लिकाले पेरिसवाट सार्वजनिक गरेको हट फोटो यतिखेर सामाजिक सञ्जालहरुमा भाइरल बनिरहेको छ।

पेरिसमा प्रेमीसंग विदा मनाउने क्रममा निक्कै नै हट देखिएकी मल्लिकाको बारेमा विभिन्न आँकन गरिएतापनि आफू पहिला देखि नै यसैप्रकारको रहेको र हट नै आफ्नो स्टाइल भएको उनले त्यहाँवाट प्रतिक्रिया व्यक्त गरेको पाइएको छ।

केही समययता बलिउडका फिल्मवाट अलि टाढा रहेकी मल्लिका संभवत यसै बर्षको अन्ततिर विवाह वन्धनमा बाँधिने सोचमा रहेकी छन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।