Samay Drishya 3काठमाडौ। राम्रो तथा असल नाटकको लागि दर्शक कही पनि कमी नहुने प्रमाण बेलायतमा मञ्चन भएको नाटक समय दृश्य अर्थात सिनारियो अफ टाइमले प्रमाणित गरेको छ। गत अप्रिल २३ तारिखका दिन लण्डनको रिडिङ्गमा पहिलो पल्ट मञ्चन हुंदा त्यहाँ अपार रुपमा दर्शकको साथ र माया पाउन सफल भएको थियो।

नेपाल बाहिर प्रवास बेलायतमा रहेका बरिष्ठ रंगकर्मी सनम कुमार बैराग तथा त्यहाँ रहेका नेपाली रंगकर्मीहरुको अथक प्रयास र मेहनतले नाटक समय दृश्यले सार्थकता पाएको हो। सोही सार्थकताको कसीको रुपमा बारम्बार नाटक समय दृश्य मञ्चनको लागि बेलायतका विभिन्न स्थानवाट आएको थेगीनसक्नु माग आएको नाटकका निर्देशक बरिष्ठ रंगकर्मी सनम कुमार बैरागले भिजन संसारसंगको कुराकानीमा बताएका छन्।

सोही मागलाई मध्यनजर राखेर यही जुलाई महिनाको ३० तारिखका दिन लण्डनको हनस्लो आर्ट सेन्टरमा लण्डनको समय अनुसार साँझ ६ बजे इङ्गलिस टाइममा मञ्चन हुने जानकारी पनि निर्देशक बैरागले दिएका छन्। नेपालमा गत बर्ष बैशाख १२ र २९ गते आएको विनाशकारी महाभूकम्पको यथार्थता तथा कम्पनलाई नाटकको माध्यमवाट जस्ताको तस्तै प्रस्तुत गर्ने प्रयास भएको छ।

Samay Drishya 1

नेपालीहरु विश्वको जुनसुकै कुनामा रहेतापनि नेपाली नै हो। मातृभूमि नेपाल आमाको छात्ति चिरिदा मन नदुख्ने नेपाली नहोला ! मातृभूमि नेपाल आमालाई दुःख पर्दा आँशु नझार्ने नेपाली नहोला। त्यही पीडा र आँशुको यथार्थ कथा नाटक समय दृश्यमा हेर्न पाइन्छ। लण्डनमा गत अप्रिल २३ तारिखमा पहिलो पल्ट मञ्चन हुंदा हेर्ने प्राय दर्शकहरुको मन कटक्क खाने गरेको एक घण्टा २० मिनेटको अवधिमा सवैले मन थामेर हेरेको पाइएको तथा पीन साइलेन्ट नै भएको निर्देशक बैरागको दावी रहेको छ।

बेलायतमा रहेका १७ जना नेपाली रंगकर्मीहरुको बेजोड अभिनय नाटक समय दृश्यमा रहेको छ। त्यसमाथि श्रद्धा गुरुङ्गको मन छुने होस्टिङ्गले पनि समय दृश्यलाई पुट दिएको छ। भक्त स्याङ्गतान र सनम कुमार बैरागको लेखन, तेन्जी लामा (पाख्रिन) को कन्सेप्ट तथा निर्माण अनि फस्ट एजुकेट नेपाल युकेको प्रस्तुति रहेको छ। यस नाटकको मञ्चनवाट उठेको रकम नेपालमा भूकम्प पीडित बालबालिकाको शिक्षामा खर्चिने कार्य भएको छ।

Samay Drishya 2

समय दृश्य नाटकको पहिलो मञ्चनवाट उठेको रकम भूकम्प पीडित बालबालिकाको शिक्षामा नेपालमा खर्चिएको छ। यस हिसावले पनि सामाजिक कल्याणकारी कार्यमा नाटक समय दृश्यको सहभागिता हुन पुगेको छ। समय दृश्य नाटक जुलाई ३० तारिखमा फेरि हेर्नका लागि बेलायतमा रहेका नेपाली तथा गैरनेपालीहरु समेत आतुर बनिरहेका छन्।
प्रकाशन मिति–२०७३ साल असार २८ गते मंगलवार ।