Disha-Patani-1काठमाडौ। बलिउडकी नयाँ पुस्ताकी अभिनेत्री दिसा पटानी यो हप्ता अत्यन्त चर्चामा आएकी छन्। त्यो चर्चा पटानीले हंगामामय अभिनय गरेको कारण भने अवश्य होइनन्। अभिनेत्री पटानीले यो हप्ता भएको ६२ औं फिल्म फेयर अवार्ड प्रोग्राममा पुग्दा उनले लगाएको पहिरनको कारण हो।

बक्षस्थल खुल्ला देखिएको पहिरनवाट स्तन नै बाहिरिन लागेको जस्तो हाउभाउ उनको पहिरन देखिएपछि भारतीय टेलिभिजनको लाइभ प्रसारणमा उनलाई नै बढी फोकस गरिएको थियो। अर्कोतर्फ विभिन्न सामाजिक विषयमा उनको यसै विषयमा टीका–टिप्पणी भएपछि उनी आगो बनेकी छन्।

भारतीयहरुमा अझैपनि ग्ल्यामरलाई बंग्याएर हेर्ने प्रवृति भएको र यसप्रकारका अनावश्यक टिप्पणी तथा सोचले बलात्कार निम्त्याउने गरेको उनले प्रतिक्रिया दिएकी छन्। पुरुष प्रवृतिका यसप्रकारका सोचलाई परिवर्तन ल्याउन नसकेसम्म भारतीय संस्कृति र विचारमा आमूल परिवर्तन नआउने टिप्पणी उनको रहेको छ। सोचाईमा परिवर्तन ल्याउन आवश्यक भएको उनको जिकिर रहेको छ।

disha-1प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।