Jeegishaa 1लण्डन। बेलायतमा मञ्चन भएको सर्वाधिक चर्चा पाउन सफल नाटक समय दृश्यको अपार सफलता पश्चात सोही टिमको विलकुलै नयाँ नाटक जीगिषा मञ्चन हुने क्रममा रहेको छ।

Jeegishaa 2

नेपालमा भएको १० बर्षे माओवादी जनयुद्धभित्रको अत्यन्त डर्दनाक यथार्थभित्रको एक कथालाई उजागर गर्ने कोशिश सहितको रंगमञ्चिय नाटक जीगिषा अर्थात जित्ने इच्छा मञ्चनको पूर्वसन्ध्यामा हाल यसका कलाकार तथा निर्देशक सहितको टीम व्यापक प्रचार–प्रसारमा देखिएका छन्।

Jeegishaa 3

जीगिषाका निर्देशक सनम कुमार बैरागका अनुसार जीगिषा टीम यतिखेर बेलायतमा व्यापक प्रचार–प्रसारमा अत्यन्त व्यस्त बनेको छ। नाटकको नाम जस्तै यो नाटकले बेलायतमा रहेका नेपालीहरुको व्यापक मन जित्ने सोच र चाहना अनुसार कार्य भैरहेको निर्देशक बैराग बताउंछन्।

Jeegishaa 4

बेलायतमा रहेका रेडियो तथा टेलिभिजन देखि सर्वसाधारण सवैतिर नाटक जीगिषाको प्रचार–प्रसार गर्नमा नाटक टीम कस्सेर लागिरहेका छन्। नाटक जीगिषा मार्च ४ र ५ मा Harrow Football Club, ११ मा woolwich, १२ मा Aldershot, २७ मा Edinburgh मा मञ्चन हुने भएको छ।

प्रकाशन मिति–२०७३ साल फागुन १५ गते आइतवार ।