sajeebeswar-mahadev-4

काठमाडौ। नेपालका बरिष्ठ गीतकार तथा समाजसेवी बालकृष्ण सजीवले आफ्नो घर–आँगनमा नै मन्दिर स्थापना गरेका छन्।

काठमाडौको रानीवन सनराइज हाइट स्थित स्वर्णिम सजीव निवासको प्रांगणमा सजीवेश्वर महादेवको स्थापना गरेका हुन्। जसको स्थानियव्दारा नियमित पूजाआजा गरिन थालेको छ।

गत साउन महिनामा साउने ब्रत तथा तीजको अवसरमा स्थानिय दिदीबहिनीहरुव्दारा नियमित पूजाआजा गरिन थालेपछि गीतकार सजीवले स्थापना गरेको सजीवेश्वर महादेवको महत्व र आस्थामा बृद्धि भएको स्थानियको भनाई रहेको छ।

sajeebeswar-mahadev-1

नेपाली गीत–संगीतको क्षेत्रमा तीसको दशकदेखि गीत लेख्दैआएका गीतकार तथा समाजसेवी सजीवका गीतको संख्या १ हजार ३ सय ७८ पुगिसकेको छ। ७ सय ७७ वटा गीतको रेकर्ड भएर निक्कै लोकप्रियता हासिल गरिसकेको छ।

sajeebeswar-mahadev-2

चुपचाप बस तिमी, प्रीत विना यौवन अफाप नै भयो, अंगालो अंगालोमा, सांझ ढलिगयो जस्ता सयौं गीतहरु अत्यन्त लोकप्रिय रहेका छन्। पचासको दशकमा आइपुग्दा ६६ वटा गीति–एल्वम निकाल्न सफलता प्राप्त गरेका सजीव पचासको दशकका सुपरहिट पप गीतका गीतकार पनि हुन्।

sajeebeswar-mahadev-3

नेपाली आधुनिक गीतको श्रीवृद्धिको लागि अनवरत सिर्जना गर्दैआएका गीतकार सजीवका गीत ब्रम्हकुमारी राजयोग केन्द्र मार्फत विश्वव्यापी पनि हुन पुगेका छन्। यस हिसावले गीतकार सजीवले अन्तरराष्ट्रिय गीतकारको पहिचान कायम गरिसकेका छन्। सजीवका एक गीतमा १ सय ५१ जना गायक–गायिकाले एकसाथ गाएर पनि बेग्लै रेकर्ड कायम गरिसकेको छ।sajeebeswar-mahadev-4

असहाय, अनाथ बालबालिका तथा बृद्धबृद्धाहरुको सहयोगमा अहोरात्र खट्दैआएका सजीवले पछिल्लो समय बालकृष्ण सजीव फाउण्डेसनको स्थापना गरेका छन्।

सोही फाउण्डेसन मार्फत विभिन्न समाजसेवा गर्दैआएको सजीवले बताएका छन्।
प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।