Miss World 2016
Miss World 2016

काठमाडौ। यो बर्षको मिस वल्र्ड २०१६ स्टेफेनी डेल भ्याले बनेकी छन्। अमेरिकाको मेरिल्याण्डमा सोमवार विहान आयोजित मिस वल्र्ड २०१६ मा पर्टोरिकोकी १९ बर्षिया सुन्दरी स्टेफेनी डेल भ्याले बनेकी हुन्। नव घोषित मिस वल्र्ड स्टेफेनीलाई गत बर्षकी मिस वल्र्ड स्पेनकी मिरेइया लालागुनाले ताज पहिराई दिएकी थिइन्।

miss-world-2016-a

डोमिनिकन रिपब्लिककी यरित्जा मेगुलिना रायीज रामिरेजले फष्ट रनर अपको ताज जितिन् भने इण्डोनेसियाकी नतासा म्यान्नुयल सेकेण्ड रनरअप घोषित भईन्। फिलिपिन्सकी क्याट्रिना ग्रेले प्रिपिजेन्ट च्यालेञ्ज मल्टिमिडिया अवार्ड जितिन् भने चीनकी जीङ कङले टप मोडलको उपाधि हात पारिन्।

मिस स्पोर्टस्को उपाधि कुक आइल्याण्डकी नातालिया शर्टले जितिन्। मंगोलियाकी बायारत्सेग अल्टागेरेल मिस ट्यालेन्टको उपाधि जितिन् भने इन्डोनेशियाकी नाताशा म्यान्नुयलले ब्यूटी वीथ पर्पोज जितिन्।

Miss Nepal 2016 Ashmi Shrestha
Miss Nepal 2016 Ashmi Shrestha

मिस नेपाल अश्मि श्रेष्ठ पनि ब्यूटी वीथ पर्पोजको टप फाइभमा परिन्। भूकम्पले क्षतिग्रस्त गोरखाका बालबालिकाहरु विद्यालय नहुँदा विद्यालय जान नपाइरहेको अवस्थामा वियोन्ड द क्लास रुम प्रोजेक्ट मार्फत विद्यालयको पुननिर्माण गरेर भूकम्प प्रभावित क्षेत्रका ती बालबालिकाहरुलाई विद्यालय पठाउन सफल मिस नेपाल अश्मि श्रेष्ठको उक्त कार्यलाई सबैले सह्राना गरेपनि अवार्ड भने जित्न असफल बनेकी थिइन्।

प्रकाशन मिति–२०७३ साल पुष ४ गते सोमवार ।