काठमाडौं। बलिउडका अत्यन्त चर्चित अभिनेता कादर खानको ८१ वर्षको उमेरमा क्यानडामा निधन भएको छ। श्वासप्रश्वासको समस्याबाट पीडित खानको उपचारको क्रममा क्यानडामा निधन भएको हो।

विगत १७ हप्तादेखी क्यानडामा उपचार गराईरहेका खानको अन्तिम संस्कार क्यानाडामै गरिने भएको भारतीय समाचारपत्रहरुले जनाएको छ। अभिनेता खानका सम्पूर्ण परिवार क्यानाडामै रहेकाले उनको अन्तिम संस्कार पनि त्यही गर्न लागेको हो।

सन् १९८०–९० को दशकमा चर्चाको शिखरमा रहेका खानलाई विगत केही वर्षयता श्वास फेर्न, हिडडुल गर्नसमेत निक्कै गाह्रो भइरहेको थियो। अफगानिस्तानको कावुलमा जन्मिएका अभिनेता खानले राजेश खन्नाको दाग चलचित्रवाट डेव्यु गरेका थिए। खानले ३०० भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन्। उनले २५० भन्दा बढि चलचित्रको लागि संवाद समेत लेखेका छन्।

अभिनयमा आउन पूर्व खानले रनदिर कपूर– जया बच्चनको जवानी दिवानीको लागि संवाद लेखेका थिए। यसका साथै खानले लगातार रुपमा मनमोहन देसाई र प्रकाश मिश्रसँग मिलेर स्कृन राईटरको हैसियतले समेत काम गरेका थिए। धर्मबीर, गंगा जमूना स्वरस्वती, कूली, देश प्रेम, सुहाग, पर्भरिस, र अमर अकबर चलचित्र मनमोहन मिश्रसँगै गरेका थिए। त्यस्तै ज्वालामुखी, सराबी, लावारिस, मुकन्दरका सिकन्दर लगायतका चलचित्रमा प्रकाश मिश्रसँग काम गरेका थिए। चलचित्रमा विभिन्न किसमको भूमिकामा देखा पर्ने खान बलिउडमा निक्कै रुचाईएका अभिनेतामध्ये एक कादर खान हुन्।
प्रकाशन मिति–२०७५ साल पुष १७ गते मंगलवार ।