काठमाडौं। नेपाल सरकारले नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा –प्रतिष्ठानका कुलपतिमा नारायणभक्त श्रेष्ठ (रायन)लाई नियुक्त गरेको छ।

उपकुलपतिमा हरिहर शर्मा, सदस्य सचिवमा श्यामप्रकाश तमोट तथा प्राज्ञ परिषद् सदस्यमा हरिदेवी कोइराला, नमूना शर्मा, धीरेन्द्र प्रेमर्षि, अशोककुमार राई, निशा पोखरेल र मेघराज नेपाल (मञ्जुल) नियुक्त भएका छन्।

यसैगरी नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)का कुलपतिमा कान्छाकुमार कर्माचार्य, उपकुलपतिमा गोपाल चित्रकार र सदस्य सचिवमा विपीनकुमार घिमिरे तथा प्राज्ञ परिषद् सदस्यमा रमेशनाथ खनाल, मिथिला देवी, सुष्मा राजभण्डारी, लालकाजी लामा, बुद्धिबहादुर गुरुङ र धर्मराज शाक्यलाई नियुक्त गरिएको छ। सवैको कार्यकाल चार वर्षको रहेको छ।
प्रकाशन मिति–२०७५ साल पुस १६ गते सोमवार ।