काठमाडौ। नेपालको राजधानी काठमाडौको धुलो–धुँवा तथा अस्त–व्यस्त बनेको अवस्थावाट वाक्क–दिक्क बनेर बलिउड अभिनेत्री जुहि चावला काठमाडौंबाट खराव अनुभुति लिएर बलिउड फर्केकी छन्। जुहि केहि दिन अगाडि परिवारसँग नेपाल घुम्न आएकी थिइन् ।

जुहिसंगै घुम्न आएका पाँच जना महिलाको तस्विर जुहिले शनिबार दिउँसो ट्विटरवाट सार्वजनीक गरेकी थिइन् । सो ट्विटमा उनले होटलबाट एयरपोर्ट जाने क्रममा ट्याक्सी पर्खिएको बेलाको तितो अनुभुती सेयर गरेकी छन् ।

जुहिको टिमले नाक थुनेको तस्विर सार्वजनिक गरेर काठमाडौको बर्तमान अवस्थालाई खिल्ली उडाएको छ। जुहिले आफुहरुले केही समय ट्याक्सी कुर्दा समेत धुलो, धुवाँका कारण असहजिलो महसुस गरेको उल्लेख गरेकी छन्। काठमाडौंको हावामा धुलो डिजेल र पेट्रोलको धुवाँले भरीएका कारण आफूहरुले अनुहार छोप्नु परेको जुन काठमाडौंवासीले हरेक दिन भोग्दै आएको उनले भनेकी छन्।

काठमाडौंवासीले घुमफिर र काममा निस्कदा सर्जीकल माक्स लगाएर हिड्ने गरेको समेत ट्विटमा लेखेकी छन्। धेरै फ्यान फलोअर भएकी जुहिले नेपालबाट फर्किएपछि गरेको सो ट्विटले काठमाडौंको हावाको गुणस्तरको बारेमा प्रश्न उठाएकी छन्।
प्रकाशन मिति–२०७५ साल असार १७ गते आइतवार ।