काठमाडौ। नेपाली सांगीतिक आकाशमा गीत गाएरै हिरो बन्ने गायकमा जोहेब मानन्धर हुन्। जोहेबले गायनको माध्यमवाट फिल्ममा हिरो भएको भने अवश्य पनि होइन्। स्रोता तथा दर्शकको माया–प्यार तथा सदभाव अनि विश्वासले सवैको दिलमा बसेकै कारण जोहेब सवैको हिरो बनेका हुन्।

हिरो बन्न खाली फिल्म खेल्नु नै पर्दछ भन्ने अवधारणालाई किल गर्ने कार्य पनि जोहेबवाट भएको छ। फिल्ममा हिरो बन्ने सयौ अफरलाई पनि लात मारेर गायनमा निरन्तर अग्रसर बनिरहेका जोहेबको हिट मात्र होइन, सुपरहिट गीत म यस्तो गीत गाउंछु हो।

म यस्तो गीत गाउंछु बोलको टाइटल गीत यतिखेर निक्कै चर्चामा रहेको छ। हुन त यो गीतको चर्चा पचासको दशकवाट नै भएको हो। यो गीतका मूल स्रष्टा अर्थात ओरिजिनल गायक जोहेब मानन्धर हुन्।

गायक जोहेब मानन्धरले म यस्तो गीत गाउंछु तिम्रो चाहना बोलको गीत विसं.२०५७ सालमा नै गाएका हुन्। यो गीत गाएरै जोहेब गीतवाटै हिरो बनेका हुन्। त्यसमाथि, सोही बर्ष जोहेबले सोही बर्ष आयोजित इमेज अवार्डमा सर्वोत्कृष्ट गायकको अवार्ड जितेका थिए। त्यो बेला नेपाली सांगीतिक आकाशमा यो गीतको माध्यमवाट जोहेबले नयाँ आयाम तथा कीर्तिमान नै कायम गरेका थिए।

जोहेबको जादूमय स्वर–शव्द तथा संगीतको त्रिवेणी रहेको यस गीत नै जोहेबको परिचय बनेको छ–बनिरहेको छ। म यस्तो गीत गाउंछु तिम्रो चाहनामा , म नयां उमंग छाउंछु तिम्रो चाहनामा। यो गीत कालजयी गीत नै भैसकेको छ। पचासको दशकमा गुन्जदा जति ताजा थियो। आजको मितिसम्म गुन्जदा पनि त्यतिकै ताजा र सुमधुर रहेको छ। यही गीतको परिचयवाट गायनको स्टार बनेका जोहेबको सांगीतिक यात्राले यतिखेर दुई दशक पार गरिसकेको छ।

यस अवधिमा जोहेबका सेलिना, कड्के कड्के नजर, चांदनी रातमा, तिम्रो एक नजर, तिमीविना मलाई यो जीवन शुन्य शुन्य लाग्छ लगायतका दर्जनौ–दर्जन गीत हिट बनेका छन्। लालुपाते, तिम्रै चर्चा, के भो आजभोलि, लाइफ इज व्युटीफूल, के यो माया हो बोलको गीतको भिडियोले जोहेबलाई फिल्मी हिरोको जस्तो माइलेज नै दिएको छ। हालसम्म पाँचवटा सोलो एल्बम निकालिसकेका जोहेबलाई गीतले नै हिरो बनाइदिएको छ। गायक तथा नायक दुवै बनेका छन्।

गाउनुको अलावा गीत लेखन तथा संगीत दिनमा पनि माहिर गायक जोहेबले लेखेको गीतमा भारतीय ख्यातिप्राप्त गायक सोनु निगमले पनि गीत गाएका छन्। सोनु निगमले गाएको पहिलो नेपाली पप गीत म भए पागल बोलको गीत जोहेबले नै लेखेका हुन्। जुन गीतको संगीत राहुल प्रधानको रहेको छ। प्राय आफूले गाउने गीतमा आफैले संगीत भर्ने रुचि राख्ने जोहेबका एक से एक गीतका भिडियो स्वदेश तथा विदेशका भूमिमा छायाँकन भएका छन्।

दुबईको चर्को गर्मीमय मरुभूमिदेखि स्वीजरल्याण्डको चिसो टापुसम्म जोहेबको गीतको भिडियो छायाँकन भएको छ।
एशियाको अमेरिका मानिएको दुबई शहरमा फेमिली बिजनेशको क्रममा केही बर्षबस्दा त्यहां आउने प्राय नेपालीहरुलाई सहयोग गर्ने र उनीहरुलाई म्यानपावरहरुले घरको न घाटको बनाउंदा दुःखको सहारा बन्ने कार्य पनि जोहेबले गरेका थिए।

धेरै नेपालीको जीवन उद्धार गरेर उनीहरुको आपतको देवता नै बन्ने कार्य जोहेबले गरेको त्यो पललाई अझैपनि संझ्नेहरुको कमी छैन्। भावुक, दयालु तथा रोमान्टिक सवैखाले गीतका गायक जोहेब मानन्धरको गायन यात्रा पचासको दशकको चर्चित एल्बम ट्यालेन्टस्वाट भएको हो।

चर्चित क्यासेट कभर डिजाइनर तथा फोटोग्राफर अनिल स्थापितको न्यूरोडस्थित हारती क्यासेट सेन्टरवाट सिक्वेलको रुपमा प्रकाशित एल्बम ट्यालेन्टस्को टिनएजमा मायालु हेरिदेउन मलाई बोलको गीत गाएर सांगीतिक करियर शुरु गरेको जोहेबले बताएका छन्।

त्यो कठिन समयवाट संघर्ष गरेर अगाडि बढ्ेका गायक जोहेब मानन्धरले पछि क्याथसाइन नामक सांगीतिक व्याण्ड स्थापना गरेका हुन्। सोही व्याण्डवाट पहिलो एल्वम संझनाको चौतारीमा निकालेका थिए। त्यसको निरन्तरता तथा क्रमिकतामा विसं.२०५७ सालमा म यस्तो गीत गाउंछु बोलको गीत गाएपछि जोहेब चर्चाको शिखरमा पुगेको त्यो इतिहास गर्बिलो बनेको छ।

स्वदेश तथा विदेशका जुनसुकै स्टेजमा पनि जमेका गायक जोहेब मानन्धरले केही नेपाली फिल्ममा पनि गाइसकेका छन्।
हाल अमेरिकामा कार्यरत रहेका ख्यातिप्राप्त मोडल तथा कोरियोग्राफर सुरेश मानन्धरका भाइ समेत रहेका जोहेबलाई आफ्नो गीतको भिडियोमा वाहेक फिल्ममा हिरो बन्ने रहर भने छैन्। गायनमा नै चमत्कारिक कार्य गरेर विश्वमा नेपाली गीतको उत्कृष्टताको परिचय दिने सोच तथा खोजमा उनी निरन्तर लागिरहेका छन्।


प्रकाशन मिति–२०७५ साल असार १६ गते शनिवार ।