काठमाडौ। नेपालका ख्यातिप्राप्त फोटोग्राफर च्याङ्बा लामाको सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा नर्सिङ कलेजका विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास कार्यक्रम गरेका छन्।

कंपनीको काठमाडौ बानेश्वर स्थित बुद्धनगर उद्योग कार्यालयमा नेपालको पूर्वाञ्चल विश्वविद्यालयवाट संवर्धन प्राप्त नर्सिङ कलेज सान इन्ष्टिच्यूट अफ नर्सिङमा बीएसी नर्सिङ दोश्रो बर्षमा अध्ययनरत २९ जना विद्यार्थीहरुले प्रयोगात्मक अभ्यास कार्यक्रम गरेको हो।

प्रयोगात्मक अभ्यास कार्यक्रममा सीबी माउण्ट एण्ड फ्रेमिङ कंपनीमा कार्यरत उद्योगी कर्मचारीहरुको स्वास्थ्य जाँच लगायतका स्वास्थ्यमुलक अभिमुखिकरण कार्यक्रम विद्यार्थीहरुवाट भएको कंपनीका प्रोप्राइटर च्याङ्बा लामाले भिजन संसारलाई बताएका छन्।

फ्रेम उत्पादनका क्रममा हुने विभिन्न केमिकलवाट बच्ने तथा धुलो–धुंवाबाट बच्ने उपायका बारेमा जनचेतना दिने कार्य पनि विद्यार्थीहरुले दिएको प्रोप्राइटर लामाले भनेका छन्।

नर्सिङका विद्यार्थीहरुको यसप्रकारको प्रयोगात्मक अभ्यास कार्यक्रमवाट सीवी माउण्ड एण्ड फ्रेमिङ कंपनी अत्यन्त भएको पनि लामाले बताए। प्रकाशन मिति–२०७५ साल असार १५ गते शुक्रबार ।