काठमाडौं। नेपाली चलचित्रकी सदावहार नायिका करिश्मा मानन्धरले यो बर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात SEE एसइई पास गरेकी छन्। नायिका मानन्धरले बी प्लस ग्रेड ल्याएकी छन्। नायिका मानन्धरले जीपीए ३ प्राप्त गरेकी हुन्। नतिजावाट निक्कै खुशी बनेकी नायिका मानन्धर एसइई परीक्षा दिने सानैदेखिको रहर तथा चाहना पूरा भएको र अव व्यवस्थापन विषय लिएर प्लस टु पढ्ने प्रतिक्रिया दिएकी छन्।

प्रकाशन मिति–२०७६ साल असार १२ गते विहीवार ।