पवन जोशी र स्वतन्त्र महर्जनको निर्देशनमा अर्गानिक गायिकाको बेजोड भिडियो

0 minutes, 0 seconds Read

काठमाडौं। नेपालकी अर्गानिक गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनको गायन रहेको गीतको म्युजिक भिडियो निर्माण भएको छ। नेपालभाषामा रहेको भुतुमाली ब्वंथे ब्वल बोलको गजबको गीतको म्युजिक भिडियोको निर्माण भएको हो।

नेपालका ख्यातिप्राप्त अग्रज अभिनेता पवन जोशी र इभेन्ट म्यानेजमेन्टमा अग्रणी व्यक्तित्व स्वतन्त्र महर्जनको संयुक्त निर्देशनमा उक्त गीतको म्युजिक भिडियो निर्माण भएको हो। पवन जोशीको शव्द–रचना तथा अनिल तुलाधरको संगीत रहेको छ।

ललितपुरको खोकनाको अत्यन्त सुन्दर रमणिय स्थानमा छायाँकन भएको उक्त गीतको म्युजिक भिडियोमा प्रेमा महर्जनको मेकअप तथा डान्स डाइरेक्सन रहेको छ भने रुक्साना महर्जन र राजेश नकर्मीको बेजोड अभिनय रहेको छ। गायिका पूजा सुनुवार र गायक मचाराजा महर्जनले पनि गीतको भिडियोमा फिचरिङ गरेका छन्।


प्रकाशन मिति–२०७६ साल असार ११ गते बुधवार ।

Similar Posts