Happy Birthday: Palpasa Dangol CHAMSURI.
Happy Birthday: Palpasa Dangol CHAMSURI.

काठमाडौ। भगवान गौतम बुद्ध जन्मनु एक दिन अगाडि जन्मेकी ख्यातिप्राप्त हास्यअभिनेत्री पल्पसा डंगोल चम्सुरी मंगलवारवाट एकबर्ष जेठी बनेकी छन्। बुद्ध जयन्तीको एकदिन अगाडि हरेक बर्ष जन्मदिन मनाउने गरेकी चम्सुरीले नजिकका साथीभाइ भेला गरेर मंगलवार काठमाडौको लाजिम्पाट स्थित होटल र्याडिसनको आँगनमा रहेको नेपाली भोजन गृहमा रमाइलोसँग जन्मदिन मनाएकी छन्।

Palpasha Birthday 3सवैको भलो चाहने र कोही पनि दुःखी नबनोस् भनेर कामना गर्ने रमाइली चम्सुरीले आफू ३९ बर्षवाट घटेर ४० बर्ष कट्न लागेको खुलासा गरेकी छन्। जन्मदिनको अवसरमा अत्यन्त चर्चित हास्यसिरियल मेरी–बाँस्सैका छोरी–ज्वाई धुर्मुस–सुन्तली आएपछि जन्मदिनको रौनकतामा नै बृद्धि भएको थियो।

Palpasha Birthday 6

ज्वाई धुर्मुसभन्दा छोरी सुन्तली आएर खुसुक्क जन्मदिनको पोको उपहार दिन खोज्दा नाइँनास्ती गर्दैगरेकी चम्सुरीले ज्वाई धुर्मुसकै खोजखवर छोरीवाट लिने कार्य गर्दैगरेकी थिइन्। छोरी आएको आधा घण्टापछि ज्वाईनारान धुर्मुस आएपछि मक्ख परेकी चम्सुरीलाई ज्वाईको पनि जन्मदिनको शुभकामनावाट दंगै परेकी थिइन्।

Durmushe Suntali

यता काकीसासु बरिष्ठ नृत्य निर्देशक नारायणदेवी प्रधानको आगमनवाट गौरवान्दित बनेकी चम्सुरी असली काकीसासुको आशिर्वाद लिन पनि व्यस्त बनेकी थिइन्।

Palpasha Birthday 1अर्कोतर्फ नामी बिर्ला कंपनीकोतर्फवाट नामी साप्ताहिकका प्रधान सम्पादक तथा प्रकाशक नारायण राई र समाचारदाता सुनिता कायस्थले खादासहित नामी साप्ताहिक नै उपहार दिदा मक्खै परेकी थिइन्–चम्सुरी ! नामी साप्ताहिकको फ्रन्टपेजमा छोरी–ज्वाई धुर्मुस–सुन्तलीकै खवर देखेपछि अझै हुरुक्कै बनेकी थिइन्–चम्सुरी !

Palpasha Birthday 2चम्सुरीको जन्मदिनलाई रौनकता थप्न मेरी बाँस्सैकै गोक्टेकाजी रामचन्द्र अधिकारी, तितो–सत्यका गैंडा निर्मल शर्मा, विजुली मञ्जु श्रेष्ठ, अभिनेत्री शुभेच्छा थापा, निर्देशक राजु गिरी लगायतका ख्यातिप्राप्त कलाकारहरुको उपस्थिति रहेको थियो।
प्रकाशन मिति–२०७४ साल बैशाख २६ गते मंगलवार ।