Sanam Bairag in KTM 5काठमाडौ। बेलायतमा दुई नेपाली नाटक समय दृश्य र जिगिषाले इतिहास रच्ने कार्य गरिसकेको छ। नेपाली नाटक पनि प्रयास गरेमा बेलायतमा पैसा तिरेर हेर्ने दर्शकहरुको कुनै कमी छैन भन्ने प्रमाण यी दुई नाटकका नाटककार निर्देशक एवम् अग्रज रंगकर्मी सनम कुमार बैरागको प्रयासले सफलता प्राप्त गरेको छ।

सनम कुमार बैराग त्यो रंगकर्मी हो–जसले नेपाली रंगकर्मका धेरै रंगकर्मी कलाकार जन्माएका छन्। बेलायतमा समेत रंगकर्मका बेग्लै जमात तयार पारिसकेका छन्। गरेपछि नहुने केही पनि छैन भन्ने एउटा जिउदो–जाग्दो प्रमाण पेश गरिसकेका अग्रज रंगकर्मी बैराग यतिखेर नेपाल आइपुगेका छन्।

Sanam Bairag in KTM 1नेपालका नाटकहरुलाई बेलायतमा मन्चन गर्ने एउटा राम्रो बाताबरण तयार गर्न सकिन्छ कि भन्ने कुराको अध्ययन तथा अनुसन्धान गर्न नेपाल आइपुगेका बैराग यतिखेर नेपालका अग्रज रंगकर्मीहरुसँग सर–सल्लाह गर्न व्यस्त बनेका छन्। यही आउने जेष्ठ २ गते दिउंसो २ बजे काठमाडौको कालिकास्थान स्थित सर्वनाम थियटरमा बेलायतमा नेपाली नाटकको विकास र विस्तार सन्दर्भमा एक अन्तरक्रिया कार्यक्रम गर्ने अन्तिम तयारीमा बैराग पुगिसकेका छन्।

Sanam Bairag in KTM 3प्रयास गरेमा मर्न लागेको नेपाली नाटक रंगकर्मलाई प्रवास बेलायतमा समेत जगाउन सकिन्छ भन्ने दुई नाटक समय दृश्य र जिगिषाको सफल मन्चनवाट प्रमाणित भैसकेकोले नेपालका अरु नाटक तथा रंंगकर्मीहरुलाई प्रोत्साहन दिनका लागि यसप्रकारको कार्यशाला गर्न लागेको बैरागले भिजन संसारसंगको कुराकानीमा बताएका छन्।

Sanam Bairag in KTM 4सोचलाई खोजमा परिणत गरेपछि अवश्य पनि कार्य सफलता पाइन्छ भन्ने अवधारणाका अग्रज रंगकर्मी बैराग प्रवास बेलायतमा नेपाली रंगमंचलाई माया गर्ने धेरै नेपाली दर्शक रहेको सुनाउंछन्। बेलायतमा रहेका नेपालीहरुको भावनालाई नेपाली नाटक मार्फत उजागार गरेर बेलायतमा तयार भएको नाटक या नेपालवाट तयार भएको नाटकलाई बर्षमा एकपटक देखाउने बाताबरण तयार गर्न सकिने प्रशस्त संभावना रहेको सुनाउंछन्

Sanam Bairag in KTM 2त्यस संभावनालाई मूर्तरुप दिन आफूले सक्दो सहयोग गर्न तयार रहेको पनि बैरागले भनेका छन्।
प्रकाशन मिति–२०७४ साल बैशाख २७ गते बुधवार ।