ललितपुर। नेपालभाषा टाइम्स दैनिकको आयोजनामा दोश्रो नेपालभाषा साहित्य नखःसंपन्न भएको छ। शनिवार पाटनको म्युजियम स्थित भण्डारखाल बगैंचामा दिनभर नेपालभाषा साहित्यको बृहत मेला नै भएको हो।

नेपालभाषा साहित्य पर्वको रुपमा बडो उत्साहपूर्वक मनाइएको नेपालभाषा साहित्य नखःमा नेपालभाषाका अक्सर साहित्यकर्मी तथा कलाकारहरुको विशिष्ट उपस्थिति रहेको थियो।

नेपालभाषा साहित्य योगदानको विचार–विमर्श हुनुको साथमा नेपालभाषा साहित्यका अग्रज कवि तथा साहित्यकारहरुले आ–आफ्ना लोभलाग्दा कथा तथा कविता बाचन गरेर नेपालभाषा साहित्य नखःलाई व्यापक साहित्यिक पर्व नै बनाउने कार्य गरेका थिए।

साथमा नेपालभाषा टाइम्स दैनिकका सम्पादक सुरेश किरण मानन्धरव्दारा लिखित तथा रामकृष्ण खड्गीव्दारा निर्देशित ओम नमो शिवाय नामक नाटकको मंचन हुंदा दर्शकहरु निक्कै रमाएको पाइयो।

पुसको अत्यन्त चिसो ठण्डीमा चिसोको समेत पर्वाह नगरिकन पातलो बस्त्रमा महादेव बनेर रुपेन्द्र श्रेष्ठले अभिनय गरेका थिए। पार्वतीको भूमिकामा रजनी खड्गी र मानवको भूमिकामा निर्देशक रामकृष्ण खड्गी स्वयम् थिए। तीनजनाको बेजोड अभिनयवाट नाटक विशेष नै बनेको थियो। उनीहरुको अभिनयको विशेष तारिफ भएको थियो।

प्रकाशन मिति–२०७५ साल पुस १५ गते आइतवार ।