काठमाडौं। ‘घाँस काट्नु खुर्केर, आयो जोवन हुर्केर कसलाई दिउं यो जोवन’ लगायतका चर्चित लोकगीतहरुका गायक बुद्धिकृष्ण लामिछानेको निधन भएको छ। लामिछानेको ६६ वर्षको उमेरमा आज निधन भएको हो।

भक्तपुरको चाँगुनारायण नगपालिकामा बस्दै आएका लामिछाने लामो समयदेखि अस्वस्थ थिए। पछिल्लो समय निमोनिया भएपछि उपचार गराइरहेका बेला शुक्रबार दिउँसो लामिछानेको निधन भएको हो।

लामिछानेको घास काट्ने खुर्केर आयो जोवान हुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेरलगायतका दर्जनौ गीत स्रोतामाझ लोकप्रिय छन्।
प्रकाशन मिति–२०७५ साल पुष १३ गते शुक्रवार ।