काठमाडौ। बुनियाद गीतकी बेजोड गायिका पूजा सुनुवारको गायन यात्राले फड्को मार्ने क्रम जारी रहेको छ। एक पछि अर्को बेजोड गीत गाएर चर्चाको शिखरमा पुग्दै आएकी गायिका सुनुवारको पछिल्लो गीतको बोलै मायाले त चोटै चोट मात्र दिदो रैछ हो।

यस गीतमा गायिका सुनुवारलाई गायक भलाकाजी राईले साथ दिएका छन्। युट्युव मार्फत हालै रिलिज भएको यस गीतको गीतकार लिना राई हुन्। पुष्कर सुनुवारले यस गीतमा संगीत दिएका छन्।

मेलोडी नेपाल रेकर्डिगं स्टुडियोमा यस गीतको रेकर्ड गरिएको गायिका सुनुवारले भिजन संसारलाई जानकारी दिएकी छन्।

प्रस्तुत छ–पूजाको गीतको भिडियो

प्रकाशन मिति–२०७५ साल असार ९ गते शनिवार ।