लण्डन।बेलायतमा नेपाली नाटकको इतिहासमा गौरबमय अर्को दस्तावेज कायम भएको छ। नेपालका पहिलो प्रधानमन्त्री भीमसेन थापाको जिन्दगीको त्यो कथा अनि वेदना र सतीले सरापेको देश नेपालको त्यो बेलाको यथार्थताको दस्तावेजरुपी नाटक भीमसेन थापाको गौरबमय मञ्चन शनिवार र आइतवार भएको छ। लण्डनको साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा नाटक भीमसेन थापाको मञ्चन भएको हो।

सनम कुमार बैराग अभिनित तथा निर्देशित नाटक भीमसेन थापा हेर्ने आम बेलायतका लव्ध–प्रतिष्ठित व्यक्ति–विशेषहरुले यस नाटकको गरिमा तथा यथार्थतालाई जस्ताको तस्तै प्रस्तुत गर्ने कार्य भएको प्रतिक्रिया व्यक्त गरेका छन्। उनीहरुले आफूहरुलाई भीमसेन थापा नाटकले नेपालमा पुर्याएको तथा कतिले आफूहरु विष्णुमतिको किनारमा पुगेको आभास गरेको बताए त कतिले जेलमा भीमसेन थापाले पाएको प्रताडना अत्यन्त दूर्भाग्य भएको सुनाए।

नाटकका निर्देशक तथा नाटकमा भीमसेन थापा बनेर जीवन्त अभिनय गर्ने सनम कुमार बैरागले सवैको हौसलामय प्रोत्साहनले नाटक भीमसेन थापाको गौरबतालाई गौरबमय बनाउने कार्य भएको बताए। दर्शकको साथ तथा सहयोग यसरी नै निरन्तर पाएमा बेलायतभर नाटक भीमसेन थापा मञ्चन गर्ने चाहना तथा सोच रहेको पनि निर्देशक बैरागले भनेका छन्।

भिजन संसारको गौरबमय प्रस्तुति रहेको नाटक भीमसेन थापामा भीमसेन थापा सनम कुमार बैरागको साथमा दुर्गा गुरुङ, सुरेश श्रेष्ठ, अभिषेक र सुसान गुरुङको समेत बेजोड अभिनयले सवै दर्शकको मन जित्न सफलता प्राप्त गरेको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख ३० गते आइतवार ।