काठमाडौ। नेपालका जात्राहरुमा अत्यन्त चर्चा तथा परिचर्चाको कारण भक्तपुरको मध्यपुर थिमीमा मनाइने विस्केट जात्रा चर्चाको शिखरमा नै हुने गरेको छ। ३० भन्दा बढी खटमा देवी–देवता राखेर गरिने सिन्दूरे जात्रा तथा अलौकिक जिब्रो छेडाउने जात्राले मध्यपुर थिमीको विस्केट जात्रा गजबकै जात्रा मानिन्छ।

यिनै जात्राको विशेषमा मध्यपुर थिमी रोट्राक्टको आयोजनामा विस्केट जात्रा फोटो कन्टेस्ट भएको छ। त्यस फोटो कन्टेस्टमा विजयीहरुलाई पुरस्कृत समेत गरिएको छ। त्यस पुरस्कार वितरण समारोहमा नेपालका प्रसिद्ध फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फोटो फ्रेमिङ कंपनीका प्रोप्राइटर च्याङ्बा लामालाई सम्मान गरेको छ। भक्तपुरको मध्यपुर थिमीवाट प्रतिनिधित्व गर्ने प्रदेश सभासद राजेन्द्रमान श्रेष्ठले लामालाई सम्मान प्रदान गरिएको हो।

सम्मान ग्रहण पश्चात फोटोग्राफर लामाले आफ्नो लागि उक्त सम्मान गौरबमय भएको भिजन संसारलाई बताएका छन्। फोटो कन्टेस्टमा सहभागी सवैको एक से एक फोटो फोटोग्राफर लामाको सीबी माउण्ट एण्ड फोटो फ्रेमिङ कंपनीका इन्टरनेशनल क्वालिटीका फ्रेममा सजाइएको थियो।


प्रकाशन मिति–२०७५ साल बैशाख ३० गते आइतवार ।