काठमाडौ। देश–विदेशमा हुने स्टेज कार्यक्रमहरुमा गायिका पूजा सुनुवारको व्यस्तता बढे्को छ। यतिखेर गायिका सुनुवार कुवेतमा रहेकी छन्।

कुवेतमा रहेका सुनुवार, राई, लिम्बु र याख्वा लगायतका किराँत समुदालयले आयोजना गरेको उभौली पर्वको शुभकामना आदान–प्रदान सहितको सांस्कृतिक कार्यक्रममा गायिका सुनुवारले गीतको धुममा नाचेर त्यहाँ तहल्का नै मच्चाउने कार्य भएको छ।

बरिष्ठ गायक जीतेन राई र गायिका सुनिता थेगिमका साथमा कुवेत पुगेकी गायिका सुनुवारको गायन अनि मोहक डान्समा रमाउनेको कुनै कमी नभएको त्यहाँ स्थित समाचारदाताले जनाएको छ।

कार्यक्रममा राई, लिम्बु तथा सुनुवार जातिका विविध सांस्कृतिक पहिरनका साथमा रमाइलो झाँकीहरु प्रस्तुत गरिएको थियो। गायिका सुनुवार देश–विदेशमा आफ्नै जातिको पहिरन लगाएका मज्जाले नाच्न तथा गाउन पाएकोमा अत्यन्त खुशी लागेको भिजन संसारलाई प्रतिक्रिया दिएकी छन्।


प्रकाशन मिति–२०७५ साल बैशाख २९ गते शनिवार ।