लण्डन। नेपालको पहिलो प्रधानमन्त्री भीमसेन थापाको जिन्दगीको त्यो कथा अनि बेदनाको त्यो कहर। अनि अति भाग्यमानी हुंदाहुंदै पनि राजनीतिको फोहोरी खेलमा भीमसेन थापालाई तत्कालिन सत्ता र सरकारले कसरी बदनाम गरेर अपमान गर्यो भन्ने गंभीर कथाको पर्दाफास आज बेलायतको राजधानी लण्डनमा हुने भएको छ।

आज मे १२ शनिवार र भोलि मे १३ आइतवारका दिन लण्डनको साउथ हयारोस्थित हयारो बरो फुटबल क्लवमा नाटक भीमसेन थापाको मञ्चन हुंदैछ। बेलायतको समय अनुसार सांझ ६.३० बजेवाट मंचन हुने भएको छ।

यस नाटकलाई सफल तथा रोमान्चक बनाउन यस नाटकका निर्देशक तथा भीमसेन थापा बनेका अग्रज कलाकार सनम कुमार बैरागले संपूर्ण तयारी पूरा भएको बताएका छन्। अव दर्शकको साथ र आशीर्वाद मात्र आवश्यक भएको पनि भनेका छन्।

भिजन संसारको प्रस्तुति रहेको नाटक भीमसेन थापामा भीमसेन थापा सनम कुमार बैरागको साथमा दुर्गा गुरुङ, सुरेश श्रेष्ठ, अभिषेक र सुसान गुरुङको समेत बेजोड अभिनय हुने भएको छ।
प्रकाशन मिति–२०७५ साल बैशाख २९ गते शनिवार ।