Sanam Samman 4काठमाडौ। बेलायतमा दुई नेपाली नाटक समय दृश्य र जिगिषाले इतिहास रच्ने कार्य गरिसकेको छ। नेपाली नाटक पनि प्रयास गरेमा प्रवास बेलायतमा पैसा तिरेर नाटक हेर्न आउने दर्शकहरुको कुनै कमी छैन भन्ने प्रमाण यी दुई नाटकको सफलतावाट प्रमाणित गरिसकेको छ। यी दुई नाटकका नाटककार निर्देशक एवम् अग्रज रंगकर्मी सनम कुमार बैरागको प्रयासले बेलायतमा मूर्तरुप प्राप्त गरिसकेको छ।

Sanam Kumar Bairag with Nani Bairag
Sanam Kumar Bairag with Nani Bairag

सनम कुमार बैराग त्यो रंगकर्मी हो–जसले नेपाली रंगकर्मका धेरै रंगकर्मी कलाकार जन्माएका छन्। बेलायतमा समेत रंगकर्मका बेग्लै जमात तयार पारिसकेका छन्।

गरेपछि नहुने केही पनि छैन भन्ने एउटा जिउदो–जाग्दो प्रमाण पेश गरिसकेका अग्रज रंगकर्मी बैराग हुन्। बैरागको सोच अव हरेक बर्षमा एउटा नेपाली नाटक बेलायतमा मन्चन गर्नु हो। त्यो नाटकले बेलायतमा बेग्लै स्थान पाउनु पर्छ भन्ने अवधारणा बैरागको रहेको छ।

Sanam Samman 2त्यसको लागि नेपालमा नाट्यकर्मी बैरागले बेलायतमा नेपाली नाटकको विकास र विस्तारको बारेमा अन्तरक्रिया गरेर बहस नै गरेका छन्। मंगलवार काठमाडौको कालिकास्थानस्थित सर्वनाम थियटरमा आयोजित अन्तरक्रिया कार्यक्रममा नाट्यकर्मी बैरागको सोच र खोजलाई नेपालका बरिष्ठ रंगकर्मी अशेष मल्ल देखि अभिनेता सरोज खनाल, गायक दीप श्रेष्ठ तथा रंगकर्मी सुवर्ण थापासम्मले तारिफ गरेका छन्।

Reknown Actor Mr. Saroj Khanal
Reknown Actor Mr. Saroj Khanal

डायस्पोरामा नेपाली नाटक नेपथ्यवाट मात्र नभइकन मूलधारमा नै ल्याउने बैरागको प्रयासलाई अत्यन्त सुखद पक्ष भएको उनीहरुको प्रतिक्रिया रहेको छ। बेलायतमा बर्षमा एउटा राम्रो नाटक मन्चन गर्ने पक्षमा उनीहरु एक भएको पाइएको छ। यस कार्यमा साँघुको रुपमा कार्य गर्न उनीहरु सवैले नाट्कर्मी बैरागलाई आग्रह गर्ने कार्य भएको छ।आफू साँघु भएर कार्य गर्ने प्रतिवद्धता पनि बैरागवाट व्यक्त भएको छ।

Sanam Samman 8प्रयास गरेमा मर्न लागेको नेपाली नाटक रंगकर्मलाई प्रवास बेलायतमा समेत जगाउन सकिन्छ भन्ने दुई नाटक समय दृश्य र जिगिषाको सफल मन्चनवाट प्रमाणित भैसकेकोले नेपालका अरु नाटक तथा रंंगकर्मीहरुलाई प्रोत्साहन दिनका लागि आफू हरतरहले प्रयत्नशील रहने बचनबद्धता व्यक्त गर्ने कार्य बैरागवाट भएको छ।

Sanam Kumar Bairag with Ashesh Malla
Sanam Kumar Bairag with Ashesh Malla

सोचलाई खोजमा परिणत गरेपछि अवश्य पनि कार्य सफलता पाइन्छ भन्ने अवधारणाका अग्रज रंगकर्मी बैराग प्रवास बेलायतमा नेपाली रंगमंचलाई माया गर्ने धेरै नेपाली दर्शक रहेको सुनाउंछन्। बेलायतमा रहेका नेपालीहरुको भावनालाई नेपाली नाटक मार्फत उजागार गरेर बेलायतमा तयार भएको नाटक या नेपालवाट तयार भएको नाटकलाई बर्षमा एकपटक देखाउने बाताबरण तयार गर्न सकिने प्रशस्त संभावना रहेको सुनाउंछन्। त्यस संभावनालाई मूर्तरुप दिन आफूले सक्दो सहयोग गर्न तयार रहेको पनि बैरागले भनेका छन्।

Sanam Samman 7अविरल कला समूहको आयोजनामा भएको अन्तरक्रिया कार्यक्रममा नाट्यकर्मी सनम कुमार बैरागलाई तीन दशक लामो रंगकर्मको योगदानको कदर स्वरुप विशेष सम्मान पनि प्रदान गरिएको छ। सम्मान बरिष्ठ रंगकर्मी तथा नाटक निर्देशक अशेष मल्लले प्रदान गरेका हुन्।

Sanam Samman 1प्रकाशन मिति–२०७४ साल जेष्ठ २ गते मंगलवार ।