Meera KC 7काठमाडौ। नेपाली फेसन तथा फिल्म लाइनमा कुनैबेला अत्यन्त चर्चा पाएकी चर्चित मोडल तथा नायिका मीरा केसी यतिखेर बेलायतमा रहेकी छन्। दुई छोरी र श्रीमान प्रकाश केसीसंग रमाइलो पारिवारिक बाताबरणमा लामो समयदेखि मीरा बेलायतमा नै रहेकी छन्।

Actress Meera KC with her Husband Mr. Prakash KC
Actress Meera KC with her Husband Mr. Prakash KC

बेलायतको लण्डन नजिक क्याम्ब्रिज युनिभरसिटी नजिक पिटरबर्गमा बसोबास गर्दैआएकी मीरा मोडलिङ्ग तथा फिल्मलाइनवाट निक्कै टाढा बसेकी छन्। पूर्णतया गृहणी बनेर दुई छोरी हुर्काउनमा नै व्यस्त बनेकी मीरा सुखद दाम्पत्य जीवनवाट निक्कै खुशी देखिएकी छन्।

केही दिनअघि मात्र बेलायतमा नै विवाहको १९ औं म्यारिज एनिबरसरी मनाएकी मीरा भनेजस्तो श्रीमान पाउंदा अत्यन्त खुशी लागेको र यसलेगर्दा विवाहको यति लामो समय वितेको थाहा नै नपाएको प्रतिक्रिया दिएकी छन्। हिजोमात्र विवाह गरेजस्तो लागेको अनुभव भैरहेको उनको भनाई रहेको छ।

Meera KC 8१९ औं विवाह उत्सवमा श्रीमान प्रकाश केसीले दिएको औठी नयाँ विवाहको नयाँ औठी जस्तो लागेको त्यो खुशीलाई शव्दमा व्यक्त गर्न नसक्ने भिजन संसारसँगको संक्षिप्त कुराकानीमा भनेकी छन्।

Meera KC 5मोडलिङ्ग तथा फिल्मलाइनवाट हाललाई टाढा रहेपनि यो क्षेत्रलाई विर्सन नसक्ने र मौका मिलेमा फेरि कुनै दिन कुनै माध्यमवाट यी दुवै क्षेत्रमा फर्कने सोच आफ्नो रहेको समेत उनले बताएकी छन्। नेपाली कथानक चलचित्र अंगालो–अँगालोवाट नेपाली चलचित्रमा जमेकी उनको पछिल्लो चलचित्र पूजा हो भने, लामो भागको टेलिसिरियल बंशमा उनको प्रभावशाली अभिनय रहेको छ।

Meera KC 1प्रकाशन मिति–२०७४ साल जेष्ठ १ गते सोमवार ।