Jyoti Magar Babal Dhamaka in UKकाठमाडौ। बेलायतको चर्चित इभेन्ट म्यानेजमेन्ट कंपनी सपन इन्टरटेन्टमेन्टको आयोजनामा अभिनेता भुवन केसीव्दारा निर्मित तथा निर्देशित चलचित्र ड्रिम्सको सफल प्रदर्शन पश्चात अव बेलायतका विभिन्न शहरहरुमा सोही कंपनीवाट हट लोकदोहरी गायिका ज्योति मगरको बबाल धमाका कार्यक्रम हुने भएको छ।

आयोजक सपन इन्टरटेन्टमेन्टका अध्यक्ष तथा प्रवन्ध–निर्देशक सपन कुमार राईका अनुसार लोकदोहरी गायिका ज्योति मगर तथा उनको साथमा भद्रगोल सिरियलका कलाकारव्द्य बले र क्रक्रोज यही जुनको १ तारिख बुधवारका दिन लण्डन आउने भएको छ। शनिवार ४ जुनको दिन लण्डनको दि इम्पायर ब्याङ्गक्युटिङ्ग हल अल्डरसटमा पहिलो कार्यक्रम हुने भएको छ।

त्यसैगरेर, ११ जुन शनिवारकै दिन फोक्सटनको हकिङ्ग कम्युनिटी सेन्टर र १९ जुन आइतवारका दिन प्लमस्टेडको एजिन कम्युनिटी सेन्टरमा ज्योति मगर बबाल धमाका हुने जानकारी आयोजक राईले दिएका छन्। बबाल धमाकाका लागि अग्रिम टिकट बुकिङ्ग गर्न सकिने तथा अग्रिम बुकिङ्ग गर्नेले पाँच पाउण्ड छुट पाउने भनिएको छ। अग्रिम बुकिङ्ग टिकटको दर १५ पाउण्ड र कार्यक्रमका दिन डोरमा २० पाउण्ड टिकट दर तोकिएको छ। सिनियर सिटिजनलाई टिकटमा पाँच पाउण्ड छुट दिने पनि जनाएको छ।
प्रकाशन मिति–२०७३ साल जेठ १६ गते आइतवार ।