Bhuwan KC directionकाठमाडौ। लण्डनमा चलचित्र ड्रिम्सको रिलिज गरेर नेपाल फर्केको लगतै अभिनेता भुवन केसीले चलचित्र ड्रिम्स पाइरेसी भएको भन्दै यस विरुद्ध प्रहरीमा उजुरी दिएका छन्। विहीवार अपरान्ह महानगरीय प्रहरी परिसर टेकुमा चलचित्र ड्रिम्सका निर्माता तथा निर्देशक समेत रहेका अभिनेता केसीले चलचित्र ड्रिम्सको पाइरेसी गर्नेलाई हदैसम्मको जरिवाना र सजायको माग गर्दै उजुरी दर्ता गरेका छन्।

Dreams

प्रहरीको अलावा चलचित्र ड्रिम्सको पाइरेसी भएवाट एक करोडको घाटा भएको ठहर गर्दै अभिनेता केसीले चलचित्र विकास वोर्ड, चलचित्र निर्माता संघ लगायतका चलचित्रसंंग संवन्धित संघ–संस्थामा समेत उजुरी गरिसकेको अभिनेता केसीले भनेका छन्। पाइरेसीले गर्दा विभिन्न देशमा चलचित्र ड्रिम्सको प्रदर्शन प्रभावित बनेको समेत अभिनेता केसीले गुनासो गरेका छन्।

Bhuwan KC's DREAMS 1

चलचित्र ड्रिम्ससंगै प्रेमगीत र पशुपति प्रसाद जस्ता हिट चलचित्र पनि पाइरेसीको मारमा परेको देखिएको छ। चलचित्र हलमा प्रदर्शन भएको महिना दिनपछि नै युट्युब मार्फत ती चलचित्र मज्जाले हेर्न पाइएवाट भुवन केसी जस्तै ती चलचित्रका निर्माताहरु पनि मारमा परेका छन्।

महानगरीय प्रहरी परिसर टेकुका एसएसपी सर्वेन्द्र खनालले पाइरेसी गर्नेको खोजी भैरहेको बताएका छन्। पाइरेसी गर्नेलाई हदैसम्म कारवाही गर्ने एसएसपी खनालले अभिनेता केसीलाई बचन दिएका छन्।
प्रकाशन मिति–२०७३ साल जेठ १४ गते शुक्रबार ।